सामसङले ग्यालेक्सी एस२० एसईमा एक्जिनोसको सट्टा स्न्यापड्रागन मात्र प्रयोग गर्ने

Technology Khabar २५ चैत्र २०७७, बुधबार

सामसङले ग्यालेक्सी एस२० एसईमा एक्जिनोसको सट्टा स्न्यापड्रागन मात्र प्रयोग गर्ने

काठमाडौं ।

सामसङले गत वर्ष एउटा फ्ल्यागशिप फोन दुई अलग अलग चिपसेट राखेर सार्वजनिक गर्यो। ग्यालेक्सी एस२०ई नामको उक्त फोनको एउटा भेरियन्ट फोरजी थियो जसमा एक्जिनोस ९९० चिपसेट लगाइएको थियो भने यसकै फाइभजी भेरियन्टमा भने क्वालकमको स्न्यापड्रागन ८६५ चिपसेट दिइएको थियो।

हालै आइस युनिभर्स ह्याण्डल भएका एक आधिकारिक लिकरले ट्वीटरमा अबदेखि सामसङले एक्जिनोस ९९० चिप भएका ग्यालेक्सी एस२० एसई फोरजी स्मार्टफोनको उत्पादन बन्द गर्ने र त्यसको सट्टा स्न्यापड्रागन ८६५‍+ को प्रयोग गर्ने स्टाटस लेखेका थिए। यसैबाट सामसङको यस्तो निर्णय बाहिर आएको र स्मार्टफोन वृत्तमा यसलाई आधिकारिक मानिएको छ।

तर यस सम्बन्धमा सामसङ आफैंले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

easy care

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

ताजा समाचार