शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर अब बुटवलमा पनि

Technology Khabar २५ चैत्र २०७७, बुधबार

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर अब बुटवलमा पनि

काठमाडौं ।

शाओमीले बुटवलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सथापना गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा सञ्चालनमा ल्याइएको छ । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी , धनगडी र काठमाडौं छन् ।

यो सर्भिस सेन्टर उद्घाटनको अवसर पारेर शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिंग प्रदान गर्ने घोषणा पनि गरेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । बुटवलको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउनेछ ।”

यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको दावी छ ।

Global Bank
easy care

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

ताजा समाचार