Technology Khabar २५ चैत्र २०७७, बुधबार
अब इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने योजना ल्याएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यो योजनामा सहभागी हुने कम्पनीले जनाएको छ ।
यो योजना हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छुट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।
यस्तै जाउँ है पोखरा अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् ।
यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरेर यस्तो छुट पाइनेछ । होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ ।
अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवर्द्धनात्मक कार्यहरु भइरहेका छन् ।
प्रकाशित: २५ चैत्र २०७७, बुधबार