एलजीका फोनमा सफ्टवयर अपडेट हुने, एन्ड्रोइड १२ आउन सक्ने

Technology Khabar २५ चैत्र २०७७, बुधबार

एलजीका फोनमा सफ्टवयर अपडेट हुने, एन्ड्रोइड १२ आउन सक्ने
Classic Tech

एलजीले घाटा ब्यहोर्नुपरेको भन्दै हालै स्मार्टफोन व्यवसाय बन्द गर्ने घोषणा गरेको छ। यसबाट ग्राहकहरुले किनेका र प्रयोग गरिरहेका फोनहरुका बारेमा के हुन्छ भन्ने अन्योल नै रहेको छ।

कम्पनीका अनुसार पहिले बिक्री भइसकेका स्मार्टफोनहरुमा सफ्टवयर अपडेट सामान्य रुपमै अगाडि बढ्ने र कतिपय सेटहरुमा तथा एन्ड्रोइड १२ अपडेटसमेत आउनेछ।

स्मार्टफोन व्यवसाय बन्द गरेको घोषणापछि केही समय लिएर एलजीले बिक्री भएका सेटहरुमा सफ्टवयर अपडेट लगायत अन्य सेवाका बारेमा बोलेको हो।

एलजीको कोरियाली वेबसाइटमा हालै कम्पनीले स्मार्टफोनको भविष्यका बारेमा गरेका प्रतिबद्धताहरुको विवरण आएको बताइएको छ।

उक्त पेजका अनुसार एलजीले शुरुमा पहिलेको योजना अनुरुप नै एन्ड्रोइड ११ अपडेटमा काम गर्नेछ। एन्ड्रोइड ११ अपडेट सकिएपछि केही निश्चित मोडलहरुमा भने एन्ड्रोइड १२ अपडेट पनि ल्याउनेछ।

कम्पनीले कुन कुन मोडलमा एन्ड्रोइड १२ अपडेट हुन्छ भन्ने नखुलाए पनि एलजी भेल्भेट, भी६० र विङ हुनसक्ने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

Loading...