१० वर्षपछि आफू एप्पलमा नरहने टिम कूकको इशारा

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

१० वर्षपछि आफू एप्पलमा नरहने टिम कूकको इशारा
Classic Tech

एप्पलका सीईओ टिम कूकले आफू अबको १० वर्षमा एप्पलमा नरहने खुलासा गरेका छन्। कारा स्विशरले एउटा अन्तरवार्तामा अबको १० वर्षमा आफूलाई कहाँ पाउनुहुन्छ भन्ने प्रश्न गर्दा उनले यस्तो इशारा गरेका हुन्।

कूकले यसो भनिरहँदा आफूले ठ्याक्कै यकिन मिति भने तोकेनन्। त्यसबाहेक उनले आफूपछि एप्पलको सीईओ को हुनेछ भन्ने पनि कुनै इशारा गरेका छैनन्।

कम्पनीमा लामो समय कार्यकारी तहमा बसेर केही वर्षअघि जोनी आईभ, ड्यान रिसिओ तथा पल शिलरले कम्पनी छोडेका र कूकको पनि यस्तै खाले अभिव्यक्तिले एप्पलमा कार्यकारीहरुको खोजी तीव्र हुने आकलन गरिएको छ।

कूक सन् १९९७ देखि एप्पलमा आबद्ध छन् भने उनी सन् २००९ तिर स्टिभ जब्स बिरामी परेपछि कार्यकारीका रुपमा ल्याइएका र आधिकारिक रुपमा २०११ मा प्रमुख कार्यकारी भएका हुन्। कूक हाल ६१ वर्षका छन्।

अन्तर्वार्ताका क्रममा उनको उत्तर सुन्दा उनी केही समय मात्र एप्पलमा रहने बुझिन्छ। गत वर्ष ब्लूमबर्गले जेफ विलियम्स र जोहन टर्नसमा केन्द्रित रहेर एप्पलले प्रमुख कार्यकारी छान्ने कुरामा कसरत गरिरहेको लेखेको थियो।

TK Viber

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

Loading...