गुगलले आफ्ना वित्तीय कारोबार ओरेकलबाट एसएपीमा सार्ने

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

गुगलले आफ्ना वित्तीय कारोबार ओरेकलबाट एसएपीमा सार्ने
Classic Tech

गुगलको मातृ कम्पनी अल्फाबेटले आफ्नो आन्तरिक वित्तीय कारोबार ओरेकलबाट एसएपी सफ्टवयरमा सार्ने भएको छ। उक्त समाचार गुगलको ओरेकलसँग दशकोंअघिदेखिको मुद्दाको गुगलको पक्षमा फैसला सुनाएकृ दिन पहिलोपटक सीएनबीसीले छापेको थियो।

गुगल र ओरेकलबीचको १० वर्षदेखि चल्दै आएको जाभा एपीआई माथिको द्वन्द्व हालै सकिएको छ जसमा सर्वोच्च अदालतले गुगलको पक्षमा फैसला सुनाएको छ।

दुवै गुगल र ओरेकल संस्थागत हाइब्रिड तथा मल्टि क्लाउड सेवा आवश्यक पर्ने ग्राहकलाई आकर्षित गर्दै क्लाउड कम्प्युटिङको क्षेत्रमा आफ्ना वर्चस्व फैलाउन लागिपरिरहेका छन्।

सीएनबीसीका अनुसार ओरकलले वर्षैदेखि गुगल क्लाउडका लागि आफ्नो डाटाबेस सफ्टवयरलाई प्रमाणित गर्न मानिरहेको थिएन। यसले गर्दा गुगल क्लाउडका ग्राहकले ओरेकल डाटाबेस होस्ट गर्न सकिरहेका थिएनन्। यसैलाई मध्यनजर गर्दै गुगल क्लाउडले ओरेकल डाटाबेसका लागि गत वर्ष बेयर मेटल सोलुशन सार्वजनिक गरेको थियो।

‘गुगल क्लाउडले ओरेकलका ग्राहकहरुलाई ओरेकल डाटाबेसमा रहेका आफ्ना डाटाहश्रलाई बेयर मेटर सोलुशनमार्फत् गुगल क्लाउडमा सार्न इनेबल गरेको छ,’ गुगलका प्रवक्ता होजे क्यास्टानेडाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘तर यो हाम्रो वित्तीय कारोबार ओरेकलबाट एसएपीमा सार्ने निर्णयभन्दा बिल्कुलै फरक हो।’

TK Viber

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

Loading...