एलजी अब आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सेवाहरुको विकासमा केन्द्रित हुने

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

एलजी अब आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सेवाहरुको विकासमा केन्द्रित हुने
Classic Tech

दक्षिण कोरियाली कम्पनी एलजीले अब आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सेवाहरुको विकास गर्ने बुझिएको छ। घाटा भएको भन्दै हालै आफ्नो स्मार्टफोन व्यवसाय पूर्ण रुपमा बन्द गरेको कम्पनीले देशकै दूरसञ्चार सेवा प्रदायक केटी कर्फसँग मिलेर अब आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सेवाहरुको विकास गर्ने भएको हो।

स्मार्टफोन व्यवसाय बन्दको घोषणासँगै यी दुवै कम्पनीबीच ज्वाइन्ट इन्टरफेसको विकास गर्न एआई प्लेटफर्म सपोर्ट गर्ने सेवाहरुको व्यवसायीकरण गर्ने योजना बनाएको बुझिएको छ।

दुवै कम्पनीले हालै एलजीको थिंक्यू र केटीको गिगा जिनी एआई प्लेटफर्मको लागि भेरिफिकेशन गरेका छन्।

कञ्जुमर प्रडक्टमा काम गर्ने

स्थानीय योनहाप समाचार संस्थाका अनुसार एलजीले केटीको एआई प्लेटफर्ममा आफ्नो स्मार्ट होम सोलुशनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन स्मार्ट मिररको परीक्षण गरिरहेको छ।
यस सम्बन्धमा एलजीले भनेको छ स्मार्ट मिरर लगाइएको घर एआई सेवाको केन्द्र हुने र उसले केटीसँग मिलेर अन्य कन्जुमर इलेक्ट्रोनिक्स पनि उत्पादन गर्नेछ।

एलजीले जार गरेको एक विज्ञप्तिअनुसार कम्पनीको मोबाइल विभागले गएका ६ वर्षमा  मोबाइल व्यवसायमा साढे ४ अर्ब डलर घाटा साढे ४ अर्ब डलर घाटा खाएको थियो। स्मारटफोनको क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको र ठूलो घाटा ब्यहोर्नु परेकाले उसले यो व्यवसायबाट नै हात झिक्ने घोषणा गरिसकेको छ।

यसै कारण कम्पनी अब विद्युतीय सवारी, कनेक्टेड डिभाइस तथा स्मार्ट घरमा बढी केन्द्रित हुनेछ।

TK Viber

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

Loading...