Technology Khabar २४ चैत्र २०७७, मंगलवार
फ्रान्समा तेस्रोपटक लकडाउन भएपछि एप्पलले देशभरमा रहेका आफ्ना सबै २० ओटा स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ। आधिकारिक घोषणाअघि नै अति आवश्यक मानिएका ८ ओटा बाहेक अन्य स्टोर हरु बन्द गरिसकिएका थिए।
यो कुराको घोषणा एप्पलको आधिकारिक यूएनएसए एकाउन्टबाट ट्वीट गरिएको थियो। ट्वीटमा एप्पल च्याम्प्स एलिसिज, एप्पल ओपेरा, एप्पल मार्से सेन्ट जर्मेइन लगायत ८ ओटा स्टोरहरु मार्चभरी खुला रहने र अप्रिल ३ देखि अनिश्चितकालका लागि बन्द हुने बताइएको थियो। साथै पहिले अर्डर गरेकाहरुले अप्रिल ३ को साँझसम्ममा लिइसक्नुपर्ने बताइएको थियो।
एप्पलले आफ्ना सबै स्टोरहरु बन्द गरेको यो वर्षकै पहिलो पटक हो। गएको बुधबार कोरोनाका बिरामी बढ्न थालेपछि फ्रान्स सरकारले तेस्रो पटक लकडाउनको घोषणा गरेको थियो।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले देशव्यापी लकडाउन हुने बताएका छन्।
प्रकाशित: २४ चैत्र २०७७, मंगलवार