शाओमीको ५ हजाराैं आधिकारिक शोरुम एमआई होम चीनको शेनयाङमा

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

शाओमीको ५ हजाराैं आधिकारिक शोरुम एमआई होम चीनको शेनयाङमा
Classic Tech

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले चीनको शेनयाङ शहरमा आफ्नो ५ हजारैं एमआई होम स्थापना गरेको छ। यो शाओमीको ५ हजारों आधिकारिक शोरुम हो भने शाओमीको नयाँ लोगो प्रयोग भएको पहिलो शोरुम पनि हो।

उक्त एमआई होममा एमआई ११ प्रो, एमआई ११ अल्ट्रा तथा रेडमी के४० जस्ता भर्खरै सार्वजनिक भएका फ्ल्यागशिप स्मार्टफोनहरु उपलब्ध हुनेछन्। कम्पनीले शोरुम खोलिएको उपलक्ष्यमा केही छुटको व्यवस्था पनि गरेको छ।

एमआई होम फ्ल्यागशिप स्टोर एमआईको सफलताको एउटा महत्वपूर्ण पाटोको रुपमा रहँदै आएको छ। सन् २०१५ यता कम्पनीले विभिन्न शहरहरुमा एमआई होम स्थापना गरेर फ्ल्यागशिप उत्पादनहरु ग्राहकहरुका नजिकै उपलब्ध गराउँदै आएको छ।

सन् २०१७ सम्ममा चीनमा शाओमीका १०० ओटा मात्र एमआई होम रहेको र कम्पनीले २०० ओटासम्म पुर्याउने लक्ष्य लिएको थियो। यसै क्रममा सन् २०२० को डिसेम्बरसम्ममा कम्पनीले १ हजारों एमआई होम स्थापना गरेको थियो।

तर यतिबेला ५ हजारों शाखा खुल्नु आफैंमा कति ठूलो उपलब्धी हो भन्ने आकलन गर्न सकिन्छ। यसको मतलब पछिल्लो तीन महिनामा ४ हजारओटा नयाँ शोरुमहरु थपिए। कम्पनीले जनवरीमा १ हजारओटा शाखा खोलेको तथ्याङ्क छ।

TK Viber

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

Loading...