पासवर्ड सुरक्षित राख्न दूरसञ्चार प्राधिकरणको आग्रह, के के छन् सुझाव?

Technology Khabar २३ चैत्र २०७७, सोमबार

पासवर्ड सुरक्षित राख्न दूरसञ्चार प्राधिकरणको आग्रह, के के छन् सुझाव?
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि सबैलाई आफ्ना पासवर्डहरु सुरक्षित राख्न आग्रह गरेको छ।

प्राधिकरणले पासवर्ड सुरक्षित राख्नका लागि निम्न प्रकारको उपायहरु सुझाएको छ:

  • पासवर्ड कम्तीमा १० अक्षरको राख्ने
  • पासवर्ड बनाउँदा क्यापिटल लेटर A-Z, स्मल लेटर a-z, अंक ०-९ तथा स्पेशल क्यारेक्टर (!,@,#,$,%,^,&,*,,+={}() आदि समावेश गर्ने
  • पासवर्ड र प्रयोगकर्ताको नाम (username) एउटै नराख्ने
  • पासवर्ड बनाउँदा शब्दकोषमा भएका शब्दहरुको प्रयोग नगर्ने
  • घर परिवार, साथीभाइ, आफन्त आदिको मोबाइल नम्बर, फोन नम्बर, जन्म मिति जस्ता सजिलै अनुमान गर्न सकिने पासवर्डहरु प्रयोग नगर्ने
  • एउटै पासवर्ड धेरैवटा डिजिटल एकाउन्टमा प्रयोग नगर्ने
  • पासवर्ड कम्तीमा पनि तीन तीन महिनामा परिवर्तन गर्ने
  • पहिले प्रयोग गरिसकेको पासवर्ड पुन प्रयोग नगर्ने
  • कुनै प्रणालीमा रहेको डिफल्ट पासवर्ड तुरुन्तै परिवर्तन गर्ने
  • पासवर्ड अरुलाई नबाँड्ने र सामाजिक सञ्जालमार्फत अरुसँग आदानप्रदान नगर्ने
  • आफ्नो डिजिटल एकाउन्टलाई सुरक्षित राख्न मल्टि फ्याक्टर अथेन्टिकेशन जस्तै (टू फ्याक्टर अथेन्टिकेशन-पासवर्डको साथै फिंगरप्रिन्ट, पिन कोड, मोबाइल नम्बर, ओटीपी, फेसियल आइडेन्टिटी) आदिको प्रयोग गर्ने
Global Bank
easy care

प्रकाशित: २३ चैत्र २०७७, सोमबार

ताजा समाचार