सामसङ नेपालको नयाँ वर्ष अफर सार्वजनिक, ३५ प्रतिशतसम्म छुट पाईने

Technology Khabar २३ चैत्र २०७७, सोमबार

सामसङ नेपालको नयाँ वर्ष अफर सार्वजनिक, ३५ प्रतिशतसम्म छुट पाईने

काठमाडौं ।

सामसङ नेपालले नयाँ वर्षको अवसरमा अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत ग्राहकहरुले टिभी, रेफ्रिजेरेटर तथा वासिङ्ग मेसिन किन्दा ३५ प्रतिशतसम्म छुट पाउने छन्।

सामसङले टिभीमा २ वर्ष ९१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष (प्यानलमा) सम्म वारेन्टी दिएको छ। त्यसैगरी विभिन्न रेफ्रिजेरेटर तथा वासिङ्ग मेसिनमा १० वर्ष डिआइटी वारेन्टी दिएको छ। सो अवसरमा कम्पनीले निश्चित उत्पादन खरिदमा निःशुल्क जडान गर्ने बताएको छ।

उक्त अफर चैत १९ गतेदेखि जेठ ११, २०७८ सम्म लागू हुने कम्पनीको भनाइ छ। अफर नेपालभरका सामसङकका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कहरुमा लागू गरिएको छ।

easy care

प्रकाशित: २३ चैत्र २०७७, सोमबार