Technology Khabar २३ चैत्र २०७७, सोमबार
गत वर्ष गुगलले मीट भिडियोमा च्याट मेसेज र ग्रुप रुम पनि जोडिएकर आउने घोषणा गरेको थियो।
यो सेवा संस्थागत प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध भइसकेको छ भने गुगलले अब यो व्यक्तिगत एकाउन्ट होल्डरहरुका लागि पनि उपलब्ध गराउने भएको हो। यसलाई गुगलले ‘इन्टिग्रेटेड वर्कस्पेश’ अर्थात् एकीकृत कार्यस्थल भन्ने नाम दिएको छ।
गुगलले जीमेल प्रयोगकर्ताहरुले एउटै पेजबाट सकेसम्म धेरै सेवा लिन सकुन् भन्ने उद्देश्यले यो कदम चाल्न लागेको बुझिएको छ।
जीमेलमा हाल मुख्यगरी चारवटा सेक्सन छन्- मेल, मीट, च्याट र रुम्स।
एन्ड्रोइडमा भने तलपट्टि चारवटा ट्याब रहनेछन् भने वेभ भर्जनमा भने जीमेल साइडबारलाई चार भागमा बाँडिएको हुनेछ। तिनीहरु यतिकै देखिनेछन् तर प्रयोगकर्ताले चाहेमा क्लिक गरेर नदेखिने बनाउन सक्छन्।
त्यहाँ रहेको ‘च्याट’ अप्शनमा थिचेपछि स्क्रीनको तल दायाँपट्टि च्याटमा रहेका कुराकानी देखिन्छ। फुलस्क्रीन गर्दा पहिले देखिएका मेसेजको लिस्टको सट्टा रुम्स खुल्छ। यसबाहेक निकट भविष्यमै जीमेलको मीटमार्फत् भिडियो कल गर्दा त्यसमा पिक्चर इन पिक्चर मोड थपिनेछ।
एन्ड्रोइड प्रयोगकर्ताका लागि
१. सेटिङ्स ओपन गर्नुहोस्
२. आफ्नो जीमेल एकाउन्टमा ट्याप गर्नुहोस्
३. त्यसपछि जनरलको भित्र ‘च्याट अर्ली एक्सेस सेलेक्ट गर्नुहोस्
४. त्यसपछि ‘ट्राइ इट’ मा क्लिक गर्नुहोस्
वेबमार्फत
१. mail.google.com/mail/u/0/#settings/chat खोल्नुहोस्
२. पहिलेको क्लासिक ह्याङआउट्सको सट्टा ‘गुगल च्याट अर्ली एक्सेस’ सेलेक्ट गर्नुहोस्
३. पप अप बक्समा गएर कन्फर्म गर्नुहोस्
प्रकाशित: २३ चैत्र २०७७, सोमबार