Technology Khabar २३ चैत्र २०७७, सोमबार
काठमाडौं ।
नेपालमा रहेका ४० आईएसपीमध्ये ९ ओटाले केबलमार्फत् पनि सेवा दिइरहेको पाइएको छ।
पुरानो प्रविधि भए पनि धेरै वर्ष अघिबाट सेवा दिँदै आएका आईएसपीहरुले वायरलेस तथा फाइबर प्रविधिबाट दिने सेवा थपे पनि अझै केबलमार्फत् दिइरहेको सुविधालाई निरन्तरता दिँदै आएको पाइएको छ।
अधिकांश इन्टरनेट सेवा प्रदायकहरु केही वर्ष अघदेखि मात्र सञ्चालनमा आएकाले उनीहरुले वायरलेस वा अप्टिकल फाइबरमार्फत मात्र सेवा दिएका छन्। तर पहिलेदेखि नै केबलको पूर्वाधार भएका र केबलमार्फत् सेवा लिइरहेका ग्राहकहरु अझै भएकाले भने केबललाई निरन्तरता दिइरहेका हुन्।
नेपाल दूरसञ्चार प्रालिले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार केबलमार्फत् पनि सेवा दिँदै आइरहेका आईइसपीहरु यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन प्रालि
२. मर्कन्टाइल कम्युनिकेशन प्रालि
३. सुबिसु केबलनेट प्रालि
४. सस्टेनेबल नेटवर्क प्रालि
५. नेटम्याक्स टेक्नोलोजिज प्रालि
६. फाइबर अनलाइन प्रालि
७. आईबीएसएस प्रालि
८. स्काइ केबल प्रालि
९. मेटालिंक प्रालि
प्रकाशित: २३ चैत्र २०७७, सोमबार