बैंक खाता रोक्का आदेशविरुद्ध बाइटडान्सद्वारा मुम्बइ उच्च अदालतमा मुद्दा दायर

Technology Khabar २३ चैत्र २०७७, सोमबार

बैंक खाता रोक्का आदेशविरुद्ध बाइटडान्सद्वारा मुम्बइ उच्च अदालतमा मुद्दा दायर

काठमाडौं ।

मार्च महिनाको मध्यतिर भारतमा रहेका बाइटडान्सका बैंक खाता रोक्का गर्न आदेश दिएकोमा बाइटडान्सले यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि बाइटडान्सले स्थानीय कर्मचारी कटोती गरेको र भारतको कर कार्यालयले दुई वटा बैकमा रहेका खाता रोक्का गर्ने आदेश दिएको थियो। बाइटडान्सले यसका विरुद्ध मुम्बइको अदालतमा मुद्दा दायर गरेको हो।

बैंक खाता रोक्का भएपछि बाइटडान्सका कुनै कर्मचारीलाई पनि मार्च महिनाको तलब दिइएको छैन। कम्पनीले अदालतलाई भारतमा आउटसोर्स गरिएका सहित गरी १ हजार ३३५ कर्मचारी रहेको जानकारी दिएको छ।

बाइटडान्सले मार्च २५ मा मुम्बइको उच्च अदालतमा हालेको २०९ पेजको उजुरीमा अधिकारीअरुले कम्पनीविरुद्ध कुनै प्रमाणविना र कुनै अग्रिम सूचनाविना यस्तो कदम चालेको आरोप लगाएको छ।

भारतको जीएसटी कर कार्यलयका महानिर्देशक तथा अर्थ मन्त्रालयले भने यस मुद्दाका बारेमा केही धारणा व्यक्त गरेको छैन।

कर कार्यालयले बैंक खाता रोक्का गर्ने बेला गत वर्ष कम्पनीले केही कारोबारहरुमा कर छलेको पाइएको बताएको थियो। बाइटडान्सले आफूमाथि लगाइएका कर छलीसम्बन्धमा केही नबोलेको तर ती अधिकारीले गरेको निर्णय गलत रहेको रोयटर्सलाई बताएको थियो। यस सम्बन्धमा बाइटडान्सका बैंक खाता रहेका एचएसबीसीले धारणा राख्न चाहेको थिएन भने सिटीबैकले भने कुनै जवाफ दिएको छैन।

दुवै पक्ष आ आफ्ना तर्कमा अडिग भए पनि उच्च अदालतले कसको पक्षमा फैसला गर्छ त्यो भने हेर्न बाँकी नै छ।

easy care

प्रकाशित: २३ चैत्र २०७७, सोमबार