सामसङको ग्यालेक्सी स्मार्टट्याग प्लस अमेरिकामा प्रि बुकिङका लागि उपलब्ध

Technology Khabar २२ चैत्र २०७७, आईतवार

सामसङको ग्यालेक्सी स्मार्टट्याग प्लस अमेरिकामा प्रि बुकिङका लागि उपलब्ध

काठमाडौं ।

सामसङको ग्यालेक्सी स्मार्टट्याग अमेरिकामा प्रि बुकिङका लागि उपलब्ध भएको छ। ग्यालेक्सी स्मार्टट्याग प्लसलाई बीएचफोटोभिडियो डटकमले प्रि बुकिङका लागि उपलब्ध गराएको हो।

सामसङले गएको जनवरीमा ग्यालेक्सी एस२१ सार्वजनिक गर्ने बेला ग्यालेक्सी स्मार्टट्याग तथा स्मार्टट्याग प्लसलाई पहिलोपटक सार्वजनिक गरेको थियो।

यो डिभाइस सामसङको स्मार्टथिङ्स एपमा कनेक्ट भएपछि ग्यालेक्सी स्मार्टफोनले उक्त डिभाइस अथवा उक्त डिभाइसले ग्यालेक्सी स्मार्टफोनको लोकेशन पत्ता लगाउन सकिन्छ। स्मार्टट्याग प्लसले ग्यालेक्सी फोन नजिक भएमा एआर ट्र्याकिङका लागि ब्लुटूथ ५.० र यूडब्लूबी अर्थात् अल्ट्र वाइडब्यान्डको प्रयोग गर्दछ।

स्मार्टट्याग प्लसको ब्याट्री लाइफ पनि थोरै छ। यसको ब्याट्री लाइफ ५ महिना टिक्ने बताइएको छ। स्ट्रान्डर्ड स्मार्टट्याग प्लसमा ३०० दिनसम्म टिक्ने ब्याट्री दिइएको थियो।

यो नयाँ स्मार्टट्याग प्लस ३९ डलर मूल्य तोकेर बुकिङ खुलाइएको छ भने कालो रंगमा उपलब्ध हुने यो डिभाइसको अप्रिल १२ देखि शुरु हुने बताइएको छ।

स्ट्यान्डर्ड भर्जनको मूल्य भने सामसङका वेबसाइटमा २९ डलर मूल्यमा बिक्रीका लागि उपलब्ध रहेको र अमेजनमा यो भन्दा सस्तोमा किन्न पाइने र रंग पनि कालो बाहेक ‘ओटमिल’ मा पनि उपलब्ध हुनेछ।

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

ताजा समाचार