शाओमीको रेडमी ९टी सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar २२ चैत्र २०७७, आईतवार

शाओमीको रेडमी ९टी सार्वजनिक, यस्ता छन् विशेषता
Classic Tech

शाओमी नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत् रेडमी ९टी सार्वजनिक गरेको छ।

सार्वजनिक भएकव रेडमी ९टी नेपाली बजारमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ४ जीबी र्याम र १२८ स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

स्पेसिफिकेशन

हालै बजारमा आएको शाओमी रेडमी ९टी मा ४८ मेगापिक्सेलको मुख्य क्यामरा सहित क्वाड क्यामरा सेट अप दिइएको छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल तथा २-२ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर दिइएका छन्।

यसमा ५.६३ इन्चको फुल एचडी प्लस डट ड्रप डिस्प्ले दिइएको छ भने क्वालकम स्न्यापड्रागन ६६२ प्रोसेसर राखिएको छ।

६००० एमएएचको शक्तशाली ब्याट्री राखिएको यो स्मार्टफोन एन्ड्रोइड १० अपरेटिङ सिस्टमबाट चल्छ।

मूल्य तथा उपलब्धता

४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १८, ९९९ तथा तथा ४ जीबी र्याम र १२८ स्टोरेज भेरियन्टको २०, ९९९ रुपैयाँ मूल्य तोकिएको यो स्मार्टफोन छिट्टै नेपालभरका शाओमीका आधिकारिक शोरुम तथा अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

Loading...