आईफोन प्रयोगकर्ताले एप्पलद्वारा अनुमोदित नक्कली बिटक्वाइन एपमा सबै रकम गुमाए

Technology Khabar २१ चैत्र २०७७, शनिबार

आईफोन प्रयोगकर्ताले एप्पलद्वारा अनुमोदित नक्कली बिटक्वाइन एपमा सबै रकम गुमाए

काठमाडौं ।

प्रयोगकर्ताहरूलाई सँधै फोनमा नक्कली एपहरू रोक्नको लागि गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट एप्स डाउनलोड गर्न सल्लाह दिइन्छ।

तर के हुन्छ जब एक नक्कली एप प्रमाणित एप स्टोरहरू मध्ये एकबाट अनुमोदित हुन्छ ? त्यस्तै मध्येको एक घट्नामा आईफोन प्रयोगकर्तासँग भएको छ जसले एप्पल एप स्टोरबाट नक्कली बिटक्वाइन एप डाउनलोड गरेपछि आफ्नो सबै बचत गुमाए।

प्रयोगकर्ताले चोरी अवधिमा ६० हजार डलर भन्दा बढी गुमाएका छन्।

वाशिंगटन पोष्टका अनुसार आईफोन प्रयोगकर्ता फिलिप क्रिस्टोडाउलो आफ्नो बिटक्वाइन ब्यालेन्स जाँच गर्न चाहन्थे त्यसैले उनले एप स्टोरमा ट्रेजर भन्ने एप भेटे। स्टोरेले हरियो पृष्ठभूमिमा ट्रेजर लोगो भएको एक एप देखायो। यो सहि एप हो वा होइन भनेर जाँच नगरी, क्रिस्टोडाउलोले एप डाउनलोड गरे र आफ्नो प्रमाणहरू सबै त्यसमा प्रविष्ट गरे। एप नक्कली हो भनेर बुझ्नु अघि नै क्रिस्टोडाउलोले आफ्ना बिटक्वाइनका सबै बचतहरू गुमाइसकेका थिए।

नक्कली ट्रेजर एप मूल र सक्कली ट्रेजर एप जस्तै हेर्नेगरि डिजाइन गरिएको थियो। जहाँसम्म, यो जान्न सकिन्छ कि एप निर्माताले बिटक्वाइन मालिकहरूलाई मूर्ख बनाउन र उनीहरूको बचत लुट्न यो बनाएको हो।

तर ठूलो प्रश्न यो हो कि कसरी नक्कली एपले एप्पलको समीक्षा प्रक्रिया पास गर्‍यो? ‘एप्पल यसबाट भाग्न सक्ने छैन,’ क्रिस्टोडाउलोले वाशिंगटन पोस्टलाई भने।

उल्लेखनीय कुरा के छ भने, एप्पलले एप्पल स्टोरमा पेश गरेका सबै एपहरूको समीक्षा गर्दछ र यो आफ्नो प्लेटफर्ममा एपहरू रोल आउट गर्नु अघि नै गरिन्छ।

एप्पलले बताएअनुसार नक्कली ट्रेजर एप निर्माताले कम्पनीलाई दिएको जानकारीमा यसले क्रिप्टोकरन्सीसँग केही गर्नेछैन् र यो ‘क्रिप्टोग्राफी’ एप भएको जसले आईफोन फाइलहरू गुप्तिकरण र पासवर्ड भण्डार गर्दछ।

हाल एप्पलले यो एपलाई आफ्नो स्टोरेबाट हटाईसकेको छ ।

easy care

प्रकाशित: २१ चैत्र २०७७, शनिबार