एलजी आगामी सातादेखि आफ्नो मोबाइल व्यवसायबाट बाहिरिने

Technology Khabar २१ चैत्र २०७७, शनिबार

एलजी आगामी सातादेखि आफ्नो मोबाइल व्यवसायबाट बाहिरिने

काठमाडौं ।

दक्षिण कोरियाली मोबाइल कम्पनी एलजीले आफ्नो व्यवसाय बन्द गर्ने भएको छ ।बिगत ६ वर्षदेखि घाटामा रहेको एलजी मोबाइलले आगामी साता सो बारेमा जानकारी दिने रिपोर्ट आएको छ।

कोरिया टाइम्सको एक नयाँ रिपोर्टले उद्योग स्रोतहरूलाई उदृत गर्दै एलजीले अर्को हप्तामा स्मार्टफोन बजारबाट आफ्नो निकासको पुष्टि गर्ने जनाएको छ।

रिपोर्टले बताउँदछ कि आधिकारिक घोषणा अर्को हप्ता, अप्रिल ५ मा लिइनेछ। एलजी बोर्ड बैठक पछि मोबाइल डिभिजनको भाग्यको निर्णय हुनेछ।

गत हप्ता एलजीले आफ्नो मोबाइल डिभिजन बेच्ने सम्झौताहरुमा छलफल गरेको थियो र  पछि गएर सो असफल भएको बताईएको छ।

एलजी इलेक्ट्रोनिक्सका एक अधिकारीले यसअघि नै कम्पनीले आफ्नो मोबाइल व्यवसायका लागि विभिन्न रणनीतिहरुमा विचार गरिरहेको बताएका थिए । जसमा सम्पूर्ण डिभिजनलाई बेच्नुका साथै वा एक युनिटमात्र बिक्री वा स्मार्टफोन व्यापारलाई नै पूर्ण रूपमा बन्द गर्ने विक्लपहरु समावेश छन्।

यसका साथै एलजी मोबाइलका कर्मचारीहरूलाई होम एप्लायन्स डिभिजनमा सारिने भनेर केही दिन अघि ट्विटरमा हल्लाहरु प्रसारित भएका थिए । एजेन्सीका साथ

easy care

प्रकाशित: २१ चैत्र २०७७, शनिबार