अब ट्रायल पास गर्नासाथ स्मार्ट लाइसेन्स नपाइने, एक वर्षका लागि छुट्टै कार्ड दिइने

Technology Khabar २१ चैत्र २०७७, शनिबार

अब ट्रायल पास गर्नासाथ स्मार्ट लाइसेन्स नपाइने, एक वर्षका लागि छुट्टै कार्ड दिइने

काठमाडौं ।

यातायात व्यवस्था विभागले लाइसेन्सको ट्रायल पास गर्नेबित्तिकै स्मार्ट लाइसेन्स नदिने भएको छ। स्मार्ट लाइसेन्स ट्रायल पास गरेको एक वर्षपछि मात्र उपलब्ध गराइने र एक वर्षका लागि भने क्यूआर कोडसहितको छुट्टै लाइसेन्स दिइने विभागले जनाएको छ।

एक वर्षे परीक्षणकाल लागि क्यूआर कोडसहितको कार्डको व्यवस्था गरिने र त्यसबारेमा आन्तरिक गृहकार्य भइरहेको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले जानकारी दिए।

स्मार्ट लाइसेन्स छपाइमा लामो समय लागेको र ट्रायल पास गरेको रसिदको दुरुपयोग बढ्न थालेकाले विभागले १ वर्षका लागि विशेष किसिमको कार्ड उपलब्ध गराउन लागेको बुझिएको छ।

easy care

प्रकाशित: २१ चैत्र २०७७, शनिबार

ताजा समाचार