बागमती र प्रदेश नम्बर २ का सांसदहरुद्धारा नेपाल टेलिकमको सेवा प्रति गंभिर गुनासो

Technology Khabar २० चैत्र २०७७, शुक्रबार

बागमती र प्रदेश नम्बर २ का सांसदहरुद्धारा नेपाल टेलिकमको सेवा प्रति गंभिर गुनासो

काठमाडौं ।

प्रदेश नम्बर २ र बागमती प्रदेशका सांसदहरुले नेपाल टेलिकमको मोबाइल सेवाको गुणस्तर प्रति गंभिर गुनासो गरेका छन् ।

उनीहरुले नेपाल टेलिकमको सेवा शहरी क्षेत्र र काठमाडौंभित्रै नचल्ने गरेको आफ्ना अनुभव सुनाउँदै कम्पनीले निजी क्षेत्रभन्दा कमजोरी सेवा दिएको आरोप समेत लगाएका हुन् ।

कार्यक्रममा बोल्दै सांसद डा अमरेश कुमार सिंहले निजी क्षेत्रको भन्दा कम गुणस्तरको सेवा उपलब्ध गराउन टेलिकम कम्पनीले कर्मचारीहरुले पैसा खाएको आरोप लगाए ।

‘डाटा र टावर मात्र देखाउने गरेको तर उपभोक्ताहरुको अवस्था र गुणस्तरको बारेमा कुनै जानकारी देखाईँदैन्,’ उनले भने ।

त्यसैगरि उनले वाईफाई सेवाको गुणस्तर पनि कमजोर भएको भन्दै सांसदहरुको त गुनासो नसुनिने स्थानमा उपभोक्ताको गुनासो झन कस्ले सुन्ला भनेर प्रश्न गरेका थिए । उनले सेवा नभएपनि तारहरु झुण्डिएर अलपत्र रहेको बताए।

कार्यक्रममा मकवानपुरका सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले नेपाल टेलिकमले रिचार्जमा पनि ग्राहकहरुको रकम चोर्ने गरेको आशंका व्यक्त गरे । उनले रिचार्ज गर्ने बित्तिकै रकम नै काटिने गरेको भन्दै प्रविधिले उपभोक्ताको पैसा चोरी गर्न सकिने जिकिर गरे ।

रौतहटका सांसद देव प्रसाद तिमल्सिनाले राजमार्गहरुमा नै टेलिकमको नेटवर्क नटिप्ने अनुभव सुनाउँदै राजमार्गमा थप टावर राख्न सुझाब दिएका थिए ।

‘राजमार्गमा टावर र नेटवर्क राखे कम्पनीकै व्यवसाय बढ्ने हो त यसमा ध्यान गएको छैन जसले यात्रुहरु पनि प्रभावित भएका छन्,’ उनले भने ।

कार्यक्रममा सांसद प्रेम सुवालले प्रदेश केन्द्र र स्थानिय तहहरुमा राखिने टावरहरुको संख्या कति हुने भन्ने नीतिमा उल्लेख गर्नुपर्ने बताए । उनले नेपाल दूरसञ्चार प्राधिकरण नै आवश्यक नभएको बताए ।

‘सेवाको लागि हामीलाई एनटिए नै आवश्यक नहोला तर एनटिसी मात्र भए पुग्ने यसले दोहोरो खर्च बचाउनेछ,’ सांसद सुवालले भने ।

धादिङ्गका सांसद खेम प्रसाद चौलागाईले निजी इन्टरनेट सेवा प्रदायकहरुले पुरै रकम लाने तर इन्टरनेट सेवाको गुणस्तर भने कमजोर दिने गरेको बताए । उनले सबै वडाहरुमा इन्टरनेटको सेवा पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अन्य सांसदहरुले युटिलिटी करिडोर, देशभरका निकायहरुमा इन्ट्रानेटको उपलब्धता, कन्टेन्टको उपलब्धता लगायतका विषयहरुमा आफ्ना भनाईहरु राखेका थिए ।

easy care

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

ताजा समाचार