दूरसञ्चार क्षेत्रका सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

Technology Khabar २० चैत्र २०७७, शुक्रबार

दूरसञ्चार क्षेत्रका सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
Classic Tech

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह समेत गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले टेलिफोन, इन्टरनेटलगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने बताएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए।

‘इन्टरनेट, टेलिफोनलगायतका सेवामा सबैको पहुँच पुुर्याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘ स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।’

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुुर्याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे। कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।

TK Viber

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

Loading...