विश्वकै पहिलो ‘रोलेबल’ टीभीको बिक्री शुरु

Technology Khabar २० चैत्र २०७७, शुक्रबार

विश्वकै पहिलो ‘रोलेबल’ टीभीको बिक्री शुरु

काठमाडौं ।

कोरियाली कम्पनी एलजीले विश्वकै पहिलो मोड्न मिल्ने रोलेबल टीभीको बिक्री शुरु गरेको छ। सिग्नेचर टीभी भनिने यसमा ६५ इन्चको मोड्न मिल्ने स्क्रीन दिइएको छ। यो स्क्रीन एउटा सानो डकबाट बाहिर निस्कन्छ र फेरि मोडिएर डकभित्रै जान्छ।

एलजीले यो टीभी पहिलोपटक सन् २०१९ मा सार्वजनिक गरेको थियो।

यो टीभी गत वर्ष दक्षिण कोरियाली बजारमा सार्वजनिक गरिएको थियो। यसको मूल्य ८८ हजार ५ सय डलर तोकिएको छ। कम्पनीका अनुसार यो टीभी अब एलजीको आधिकारिक वेबसाइटमार्फत् विश्वभरी जहाँबाट पनि खरिद गर्न सकिने बताएको छ। कमपनीका अनुसार सुरुवातमा यसको बिक्री अमेरिका, रुस, जर्मनी तथा फ्रान्ससहितका १५ देशबाट गरिनेछ।

स्पेसिफिकेशन

यसलाई तीन अलग अलग मोडमा प्रयोग गर्न सकिन्छ। यसमा तीन भिन्न भिन्न डिस्प्ले साइज रहनेछन्। यसलाई डिजाइन गर्न कम्पनीले विशेष प्रविधि प्रयोग गरेको बताइएको छ।

यो टीभी कमान्ड दिएपछिमात्र देखा पर्छ। कमान्ड नदिउन्जेल यो टीभीको तल दिइएको बेसमा बसेको हुन्छ।

लाइन भ्यू मोड

तीन मोडमध्ये एउटा लाइन भ्यू हो जुमा टीभीको एक चैथाइ भागमात्र देखिन्छ। यसमा घडी, फोटो फ्रेम, मूड, म्युजिक तथा होम ड्याशबोर्ड मात्र देखिन्छ।

जिरो मोड

अर्को मोडको नाम जिरो हो जसमा टीभी पुरै ६५ इन्च नै टीभीको तलपट्टि रहेको बेसमा गएर बस्छ। तर यस मोडमा पनि म्युजिक सुन्न भने मिल्छ। यसमा १०० वाटको डल्बी एट्मस अडियो सिस्टम दिइएको छ।

फुल भ्यू मोड

यसमा पुरै ६५ इन्चको स्क्रीन देखा पर्छ। यसमा एआईमा आधारित इमेज तथा गुणस्तरीय साउन्ड क्वालिटी सपोर्ट गर्छ। यस टीभीमा एलजीको सेकेन्ड जेनेरेशन अल्फा ९ इन्टेलिजेन्ट प्रोसेसर लगाइएको छ

यो टीभीलाई एलेक्सा फिचरको सहायताले आवाजमार्फत् पनि कन्ट्रोल गर्न सकिन्छ। यसले एप्पलको एअरप्रले २ र होमकिट पनि सपोर्ट गर्दछ। यो विश्वको पहिलो ओएलईडी टीभी हो जसलाई आवाजमार्फत कन्ट्रोल गर्न सकिन्छ। यसबाहेक यसमा डिस्प्ले अप्टिमाइज गर्नका लागि पिक्सेल डिमिङ टेक्नोलोजीको प्रयोग गरिएको छ।

Global Bank
easy care

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

ताजा समाचार