सोनीले अप्रिल १४ मा एक्सपेरिया सिरिजका फ्ल्यागशिप स्मार्टफोनहरु सार्वजनिक गर्ने

Technology Khabar २० चैत्र २०७७, शुक्रबार

सोनीले अप्रिल १४ मा एक्सपेरिया सिरिजका फ्ल्यागशिप स्मार्टफोनहरु सार्वजनिक गर्ने
Classic Tech

सोनीले आगामी अप्रिल १४ मा आफ्ना एक्सपेरिया सिरिजका फ्लयागशिप स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ।

कोरोनाको खतरा अझै टरिनसकेकोले सोनीले उक्त कार्यक्रम आफ्नो आधिकारिक युट्युब च्यानलमा लाइभस्ट्रिम गर्ने बुझिएको छ।

नयाँ उत्पादनहरु घोषणा तथा सार्वजनिक गर्ने उक्त कार्यक्रममा अत्यधिक चर्चामा रहेको एक्सपेरिया१ ३ आधिकारिक रुपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। हालसम्म निकै चर्चामा रहे पनि धेरै विवरण बाहिर आइनसकेको सोनीको फ्ल्यागशिप फोन एक्सपेरिया१ ३ मा फोरके रेजोल्युशनको ६.५ इन्च ओएलईडी डिस्प्ले रहने र यसको आस्पेक्ट रेसियो २१:९ रहने तथा सुधारिएको ब्राइटनेस रहने आकलन गरिएको छ।

कार्यक्रममा गीकबेन्चको सूचीमा देखिएको एक्सपेरिया१० ३ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ। उक्त फोन स्न्यापड्रागन ७६५जी चिपसेट तथा ६ जीबी र्याम सहित आउने बुझिएको छ।

कार्यक्रममा अर्को आकर्षणको रुपमा एक्सपेरियाको ५.५ इन्च डिस्प्लेसहितको कम्प्याक्ट फोन रहने चर्चा चलेको छ। तर उक्त फोन जापानभन्दा बाहिर उपलब्ध हुन्छ वा हुदैन भन्नेमा चाहिँ यकिन भैसकेको छैन। यसबाहेक सोनीले अन्य थुप्रै उत्पादनहरु सार्वजनिक तथा घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

Loading...