यी हुन् नेपालका उत्कृष्ट १० आईएसपीहरु, कसका ग्राहक कति?

Technology Khabar २० चैत्र २०७७, शुक्रबार

यी हुन् नेपालका उत्कृष्ट १० आईएसपीहरु, कसका ग्राहक कति?
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड – ४, ५१, ७६६

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७७ माघ महिनासम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ५१ हजार ७६६ रहेको छ। यीमध्ये वायरलेसका ग्राहक १, २१७, केबलका ग्राहक १, ०२१ र फाइबरका ग्राहक ४, ४९ हजार ५२८ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि – १, ८४, ५२९

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या १ लाअ ८४ हजार ५२९ छ। यीमध्ये वायरलेसका ग्राहक ९, ७३६, केबलका ग्राहक २८, ०११ र फाइबरका ग्राहक १, ४६ हजार ७८२ रहेका छन्।

३. भायानेट कम्युनिकेशन प्रालि – १, ३२, ४४२

उत्कृष्ट १० को सूचीमा तेस्रो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको माघ महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ३२ हजार ४४२ रहेको छ भने यो पुरै सङ्ख्या फाइबर सेवा लिने ग्राहकहरुको हो भने भायानेट कम्युनिकेशन प्रालिका केबल र वायरलेसका कुनै ग्राहक छैनन्।

४. क्लासिकटेक प्रालि –  १, २७, ७६१

चाैथो नम्बरको क्लासिकटेक प्रालिको जम्मा ग्राहक सङ्ख्या १ लाख २७ हजार ७६१ रहेको छ। यसमध्ये १, ९८० जना वायरलेसका तथा १,२५, ८३१ जना फाइबरका ग्राहक छन्। क्लासिकटेक प्रालिका केबलका ग्राहकहरु छैनन्।

५. टेकमाइण्ड्स नेटवर्क प्रालि – ५७, ६४१

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ५७ हजार ६४१ ग्राहकसहित पाँचाैं नम्बरमा परेको छ। ५७ हजार ६४१ मध्ये २, ६२६ जना वायरलेसका तथा ५५, ०१५ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

६. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४०, १०९

उत्कृष्ट १० को छैटाैं नम्बरमा परेको ब्रोडलिक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४० हजार १०९ जना ग्राहक रहेकोमा ३५६ जना वायरलेसका तथा बाँकी २९, ४५३ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्।

७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि –  २९, ६७१

कुल ग्राहक सङ्ख्या २९ हजार ६४१ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको साताैं नम्बरमा परेको छ। उसका २९ हजार ६४१ मध्ये ३, ०९७ जना वायरलेसका तथा बाँकी २६, ५७४ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

८. कनेक्ट नेपाल नेटवर्क – १८, ११०

सूचीको आठाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ११० रहेको छ। यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ५२० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १७, ५९० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

९. एरोनेट प्रालि – १२, ७६९

माघ महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १२ हजार ७६९ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालिले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७८ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १२ हजार ६९१ रहेको तथ्याङ्क छ।

१०. प्रभु डिजिटल लिमिटेड – ९, ११०

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल प्रभु डिजिटल लिमिटेडको कुल ग्राहक सङ्ख्या ९ हजार ११० जना रहेकामा ७८ जनाले वायरलेस तथा बाँकी ९, ०३२ जनाले फाइबरमार्फत इन्टरनेट सेवा लिइरहेको पाइएको छ। यसका पनि केबलमार्फत सेवा लिने ग्राहक छैनन्।

TK Viber

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

Loading...