दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने सञ्चार मन्त्री गुरुङको प्रतिबद्धता

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने सञ्चार मन्त्री गुरुङको प्रतिबद्धता
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले सो कुरा बताए।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै सेवालाई गुुणस्तरीय र सर्वसुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह गरे। टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने उनले बताए।

‘इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुर्याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागिपरेको उनले बताए । मन्त्री गुरुङले भने, “स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।”

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुुर्याउने कामलाई सरकारले तीव्रता दिएको जानकारी पनि मन्त्री गुरुङले गराएको उनका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए।

कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति थियो । गोरखापत्रअनलाइनबाट

TK Viber

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

Loading...