युट्युबमा अब डिस्लाइक सङ्ख्या नदेखिने

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

युट्युबमा अब डिस्लाइक सङ्ख्या नदेखिने

काठमाडौं ।

विश्वकै सबैभन्दन ठूलो भिडियो स्ट्रिमिङ सेवा युट्युबले अब ‘डिस्लाइक’ को डाटा नदेखाउने भएको छ। यसबाट अब भिडियो हेर्नुअघि उक्त भिडियो कत्तिको चर्चित वा हेर्न लायक छ भन्ने थाहा पाउन भने असजिलो हुने भएको छ।

केही समयअघि भने ‘लाइक’ को सङ्ख्या नदेखाउन मिल्ने फिचर ल्याइएको थियो। लाइक वा डिस्लाइक बटन वा त्यसमा रहेको सङ्ख्या नदेखिनुले नयाँ दर्शकका लागि उक्त भिडियोका बारेमा धारणा बनाउन गाह्रो हुन्छ।

यो डिस्लाइकको सङ्ख्या नदेखिने फिचर सम्पूर्ण युट्युब प्रयोगकर्ताका लागि उपलब्ध हुने भएकाले नयाँ आएको भिडियोको गुणस्तर कस्तो छ भनेर सुरुमै थाहा पाउन सकिन्न। यसका लागि उक्त भिडियो खोलेर हेर्नैपर्ने हुन्छ।

यससम्बन्धमा युट्युबले केही दिन अघि ट्विटरमा यस्तो पोस्ट गरेको थियो, ‘केही सेलिब्रिटी तथा मन नपरेका व्यक्तिहरुलाई नियतवश नै  डिस्लाइक गर्ने प्रवृत्त् बढेको भन्दै विभिन्न मा सर्जकहरुले दिएको प्रतिक्रियापछि कम्पनी अब डिस्लाइकको सङ्ख्या लुकाउने अभियानको परीक्षणमा लागेको छ।

यदि तपाईँ यो परीक्षणमा सहभागीमध्ये एक हुनुहुन्छ भने तपाईँले आउने हप्ताहररुमा यीमध्ये एउटा डिजाइन देख्नुहुनेछ।

सर्जकहरु, यो फिचरमार्फत अरुले लाइक र डिस्लाइकको सङ्ख्या नदेखे पनि तपाईँहरुले युट्युब स्टुडियोमा गएर देख्न सक्नुहुनेछ।

दर्शकका हकमा भने, यदि तपाईँ यो परीक्षणमा सहभागी हुनुहुन्छ भने तपाईँले भिडियोलाई लाइक वा डिस्लाइक गर्न सक्नुहुन्छ जुन सर्जकले देखेर आवश्यक परिमार्जन गर्न सक्नेछन् तर सर्वसाधारणले भने देख्न सक्ने छैनन्।’

Global Bank
easy care

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार