३एनएम प्रोसेसमार्फत चिप निर्माण सुरु, छिट्टै बजारमा आउने

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

३एनएम प्रोसेसमार्फत चिप निर्माण सुरु, छिट्टै बजारमा आउने
Classic Tech

ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले ३एनएम प्रोसेसयुक्त चिप बनाउने भएको छ।

चिप बनाउने प्रविधिमा सानो एनएमले बढी शक्तिशाली र ठूलो एनएमले कम शक्तिशाली भन्ने बुझाउँछ।

हालका स्मार्टफोनहरुले सामान्यतया ५एनएमका चिपहरु प्रयोग गर्दै आइरहेका छन्। टीएसएमसीका अध्यक्ष वेइ झेजियालभ गत वर्षको अगस्टमा आयोजित टीएसएमसी टेक्नोलोजी फोरममा सन् २०२१ मा ३एनएम प्रोसेस परीक्षणमा जाने बताएका थिए।

उनले सन् २०२२ को उत्तरार्द्धमा यसको व्यापक उत्पादन सुरु हुने पनि बताएका थिए।

उनले बोले अनुसार नै ३एनएम प्रोसेस प्रविधि सुरु भइसकेको छ। अहिले टीएसएमसीले यसको परीक्षण उत्पादन गरिरहेको छ।

ताइवानको इकोनोमिक डेली न्यूजका अनुसार टीएसएएमसीको ३एनएम प्रोसेस राम्रै तरिकाले अगाडि बढिरहेको छ। उसका अनुसार अहिले परीक्षण उत्पादन चलिरहेको र त्यो सोचेभन्दा राम्ररी अगाडि बढिरहेको छ।

वास्तवमा जोखिमयुक्त परीक्षण उत्पादन र साना मात्रामा बजारमा पठाउने काम यसै महिनाको सुरुवाटबाट चलिरहेको छ।

यसका बारेमा सोध्दा कम्पनीले बजारमा चलेका हल्लाका सम्बन्धमा कुनै टिप्पणी नराख्ने बताएको थियो। टीएसएमसीका बारेमा चलेका चर्चा परिचर्चाहरु सही वा गलत के हुन् भन्ने कुरा सजिलै ठम्याउन नसकिने प्रवृत्ति नै हो।

टीएसएमसीका अध्यक्ष लिउ डेइनले केही समयअघि ३एनएम प्रोसेस तालिकामा रहेको बताएका थिए। अहिले उनले उक्त प्रकियाको प्रगति सोचेभन्दा छिटो भइरहेको दावी गरेका छन्।

यसबाहेका कम्पनीले ४एनएम प्रोसेसको प्रविधि पनि विकास गरिरहेको छ। ४एनएम प्रोसेस ३एनएम र ५एनएम प्रोसेसका बीचको प्रविधि हो। यसमार्फत बनेका चिप ५एनएमबाट बनेकाभन्दा केही बढी र ३एनएमबाट बनेका भन्दा केही बढी शक्तिशाली हुन्छन्।

पहिले बनाइएको उत्पादन तालिकाअनुसार ४एनएम प्रोसेसको उत्पादन सन् २०२१ को अन्तिम त्रैमासमा सुरु हुने र २०२२ सम्ममा व्यापक उत्पादनमा जानेछ।

उपकरण आपूर्ति श्रृंखलाले हालै दिएको प्रतिवेदन अनुसार बृहत् उत्पादन चाैथो त्रैमासका लागि सरेको छ। यसका साथै यसको पहिलो खेपको उत्पादन एप्पलका लागि गरिने बुझिएको छ।

एप्पलको म्याक कम्प्युटरको क्षमता अभिवृद्धि गर्नका लागि कम्पनीले यो प्रोसेसबाट चिप निर्माण गर्नेछ।

यसवर्ष आएका अधिकांश फ्ल्यागशिप स्मार्टफोनहरुले ५एनएम प्रोसेसरहरु प्रयोग गरिसकेका छन्। तर अब यस वर्षको अन्त्यतिर आउने फ्ल्यागशिप स्मार्टफोनहरुमा ३एनएम प्रोसेसरहरु प्रयोग हुनेछन्।

TK Viber

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

Loading...