वैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने

Technology Khabar १८ चैत्र २०७७, बुधबार

वैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने
Classic Tech

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जाने नेपाली श्रमिकले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ।

वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक रोजगारीको लागि अभिमुखीकरण तालिम दिने संस्थाले तालिम नै नदिई प्रमाणपत्र जारी गरेपछि बायोमेट्रिक परीक्षणलाई अनिवार्य गर्न लागिएको हो।

पछिल्लो समयमा विभागले गरेको अनूगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने-दिने गरिएको, तोकिएको समयभित्र तालीम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको थियो ।

विभागले बुधबार एक सूचना प्रकाशन गर्दै उक्त नियम आगामी बैशाख १ गतेबाट लागु हुने जनाएको छ । सूचना अनुसार बायोमेट्रिक हाजिरी परीक्षण नमिल्ने श्रमिकलाई अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइनेछ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली २०६४ उपनियम ९२०० मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डबाट स्वीकृति लिएको हुनपर्छ।

विभागले नक्कली बायोमेट्रिकको प्रयोग हुँदा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुन सक्ने जनाएको छ।

नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिकले असुविधा भोग्नुपर्ने विभागले जनाएको छ ।

TK Viber

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

Loading...