Technology Khabar १८ चैत्र २०७७, बुधबार
दुई दिन आयोजना गरिएको शाओमीको मेगा इभेन्टले ब्रान्डको पहिलो फोल्डेबल स्मार्टफोन एमआई मिक्स फोल्ड सार्वजनिक गरेको छ। तर त्यहाँ कम्पनीले कुनै उत्पादनहरु वा सेवा भन्दा बाहिरको बारेमा पनि जानकारी दिएको छ । यसको अर्थ कम्पनीले शाओमीको नयाँ लोगो सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको नयाँ ब्राण्ड लोगोले यसको ब्रान्डलाई नयाँ ‘अलाइभ’ ब्रान्डिङ्ग परिचयका साथमा ल्याउँदछ जसलाई जापानी ग्राफिक डिजाइनर केन्या हाराद्वारा डिजाइन गरिएको हो।
नयाँ लोगोमा ठूलो परिवर्तन भनेको यसको गोलाकार किनारहरू छन्। त्यहाँ नयाँ एमआई टाईपोग्राफी पनि छ जसले लोगोको छेउमा कम्पनीको नाममा थप सौन्दर्यपूर्वक मनमोहक दृश्य थप गर्दछ।
शाओमीका अनुसार नयाँ लोगो परिवर्तन भएको छ किनभने यसले आफ्नो ब्राण्ड पहिचान र एक दशकमा आफ्नो फुर्तिलो प्रकृतिको प्रतीकको लागि थप ससक्त र चुस्त हेराइ चाहन्थ्यो।
कम्पनी पक्कै पनि आफ्नो नयाँ स्मार्टफोन सेगमेन्ट र इलेक्ट्रिक कारको बजारमा प्रवेशको माध्यमबाट २०२१ मा एक नयाँ चरण सुरु गर्न उत्सुक छ।
प्रकाशित: १८ चैत्र २०७७, बुधबार