सिटिजन्स बैंक इन्टरनेसनलको युएसडी इकम कार्ड, अनलाईन मार्फत हुने खरिदमा भुक्तानी गर्न सकिने

Technology Khabar १८ चैत्र २०७७, बुधबार

सिटिजन्स बैंक इन्टरनेसनलको युएसडी इकम कार्ड, अनलाईन मार्फत हुने खरिदमा भुक्तानी गर्न सकिने

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनलले युएसडी इकम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५ सय अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सक्नेछन् ।

उक्त इकम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान (केवाईसी) बिबरण अध्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् ।

यो कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार