दूरसञ्चार प्राधिकरणद्धारा सामुदायिक विद्यालयका आइटी ल्याब शिक्षकहरुलाई तालिम दिन शुरु

Technology Khabar १८ चैत्र २०७७, बुधबार

दूरसञ्चार प्राधिकरणद्धारा सामुदायिक विद्यालयका आइटी ल्याब शिक्षकहरुलाई तालिम दिन शुरु
सांकेतिक
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) का शिक्षकहरुलाई दिने तालिम कार्यक्रम शुरु  भएको छ।

प्राधिकरणले तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयका शिक्षकहरुलाई प्राधिकरणको तालिम शुरु भईसकेको भन्दै सो तालिममा सहभागिता जनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै तीनदिने तालिममा सहभागिता जनाउन आग्रह गरेको हो।

सूचनाअनुसार प्रयोगशाला स्थापना भइसकेका प्रत्येक विद्यालयका २ कर्मचारी तथा शिक्षक तालिममा सहभागी हुन सक्नेछन्। यस्तो तालिमलाई प्राधिकरणले ‘ट्रेनिङ्ग अफ ट्रेनर’ नाम दिएको छ र यसको लागि प्राधिकरणले तालिम अवधिभर उक्त तालिममा सहभागी हुने कर्मचारी तथा शिक्षकको खाना तथा बसोबासको व्यवस्था प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युता नन्द मिश्रले आजदेखि तालिम शुरु भएको जानकारी दिए ।

‘प्रदेश नम्बर २ बाट सूचना प्रविधि प्रयोगशाला राखिएका हरेक विद्यालयका शिक्षकहरुलाई तालिम दिन शुरु गरिएको छ । यस्तो तालिम विद्यालयहरुमा नै सहभागी गराएर दिईने छ । यो क्रम देशभरी नै हुनेछ ।’ उनले भने ।

उनकाअनुसार तालिम आगामी २०७८ बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । यसको लागि ल्याब स्थापना गर्ने कम्पनीले नै प्रशिक्षकहरुको व्यवस्था गराउनेछ ।

प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सहमति भएको थियो।

सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) निर्माण कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ भने बाँकी १० विद्यालयमा प्रयोगशाला स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ।

२०७६ साल भदौ २५ गते प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न ओबीसीआई (ओम्नी), म्याक्स र नेपा ज्वाइन्ट भेन्चरलाई लाई ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको ठेक्का दिएको थियो।

यस्तो छ तालिका-

Timetable
TK Viber

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

Loading...