Technology Khabar १८ चैत्र २०७७, बुधबार
रियलमीले यूआई २.० मा आधारित ‘जेड’ जेनेरेसनको एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको छ ।
रियलमीले गत वर्षको सेप्टेम्बर महिनामा यूआई २.० लाई नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले यसैमा आधारित नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य फोनहरुमा ल्याउन लागेको हो ।
रियलमीले अब आउने स्मार्टफोनको सूचीमा मे र जुन २०२१ मा क्रमशः सी १५ सिरिजको संस्करणको फोन परेका छन्।
रियलमी युआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनियताका साथ यसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु रहेको कम्पनीको दावी छ । ‘डिप सी प्राभइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सँधैँ गम्भीर छ । ‘डिप सी प्राइभेसी’ फिचरले तपाईँको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र तपाईलाई सुरक्षित बनाउँछ ।
रियलमीले यस सिरिजमा उत्कृष्ट हार्डवेयर, सफ्टवयर र इको सिस्टमलाई ध्यानमा रखेको छ ।
नेपाल आउन लागेका थप नयाँ ८ सिरिजका रियलमी फोन चाँडै नयाँ यूआई अपग्रेडका साथ आउने र भविष्यमा रियलमीले यूआईलाई थप सुधार गर्दै उत्पादन र अनुभूतिलाई थप शानदार गर्दै जाने कम्पनीले विश्वास लिएको छ ।
प्रकाशित: १८ चैत्र २०७७, बुधबार