शाओमीले ल्यायो पहिलो फोल्डेबल फोन, सामसङ फोल्डसँग प्रतिस्पर्धा हुने

Technology Khabar १८ चैत्र २०७७, बुधबार

शाओमीले ल्यायो पहिलो फोल्डेबल फोन, सामसङ फोल्डसँग प्रतिस्पर्धा हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ।

कम्पनीले हालै सम्पन्न स्प्रिङ २०२१ न्यू प्रडक्ट लञ्च कार्यक्रममा आफ्नो पहिलो चिर प्रतिक्षित फोल्डेबल फोन एमआई मिक्स सार्वजनिक गरेको हो।

यो फोल्डेबल फोन हालका लागि चीनमा मात्र उपलब्ध छ। यसको ग्लोबल लन्चका बारेमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन। यो स्मार्टफोनले सोझै सामसङ फोल्डसँग प्रतिस्पर्धा गर्ने बुझिएको छ।

यस्तो छ स्पेसिफिकेशन

यसमा भित्रपट्टि डब्लुक्यूएचडी+ रेजोल्युशनसहितको ८.०१ इन्चको फोल्डेबल स्क्रीन छ भने अर्कोतर्फ ६.५२ इन्चको एमोलेड डिस्प्ले राखिएको छ। अगाडिको स्क्रीनको रिफ्रेश रेट ९० हर्ज रहेको छ।

डिजाइनका हिसाबले यो सामसङ फोल्डजस्तै छ। यो किताब पल्टाएजसरी खुल्दछ भने यसको तैल अन्य फोल्डेबल फोनको तुलनामा २७ प्रतिशत कम रहेको कम्पनीको दावी छ।

यस फोनमा स्न्यापड्रागन ८८८ प्रोसेसरका साथै ५०२० एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ भने यसले ६७ वाटको टर्बो चार्जिङ पनि सपोर्ट गर्छ। यस बाहेक प्रोफेशनल फोटोग्राफीका लागि कम्पनीले आफैंले विकास गरेको सी१ इमेज सिग्नल प्रोसेसर पनि राखिएको जनाएको छ।

कम्पनीका अनुसार यसमा क्वाड क्यामरा सेट अप दिइएको छ जसमा मुख्य क्यामरा १०८ मेगापिक्सेलको रहेको र छ भने यसले ३०x डिजिटल जूम तथा म्याक्रो सपोर्ट गर्नेछ। यसबाहेक यसमा प्रयोग गरिएको लिक्विड लेन्स प्रविधिले लेन्सले मानिसको आँखाले झै काम गर्ने बताइएको छ।

यो १२ जीबी र्याम र २५६ जीबी स्टोरेज, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज गरी तीन भेरियन्टमा उपलब्ध छ। यसको मूल्य १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको १५२४ डलर, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको १६७७ डलर साथै १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको १९८२ डलर तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

ताजा समाचार