भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको संस्थापक शेयर ५ वर्षसम्म खरिद बिक्री गर्न नपाईने

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको संस्थापक शेयर ५ वर्षसम्म खरिद बिक्री गर्न नपाईने
Classic Tech

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको संस्थापक शेयर ५ वर्षसम्म खरिद बिक्री गर्न नपाईने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कम्पनीहरुलाई संस्थागत सुशासन सम्बन्धी व्यवस्था गर्दै अनुमति पाएको मितिले ५ वर्षसम्म शेयर कारोबार गर्न रोक लगाएको हो ।

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले अनुमति पाएको ५ वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था गरेको भएपनि पूँजी वृद्धिका लागि नयाँ संस्थापक थप गर्न भने दिएको छ।

त्यसैगरी संस्थापक शेयरको खरिद बिक्री वा नामसारी गर्नु पुर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यसरी अनुमतिका लागि केन्द्रीय बैंकमा निवेदन दिँदा सञ्चालक समितिको सिफारीस हुनुपर्ने व्यवस्था लागू गरेको छ ।

केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीलाई संस्थागत सुशासनको व्यवस्था गर्दै सञ्चालकको कार्यभार सम्हाल्नु भन्दा पहिले संस्थासंग वित्तीय स्वार्थ भए नभएको विषयमा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको छ । त्यसैगरी सञ्चालकले आफ्नो संस्थाका व्यवस्थापकीय काम कारबाहीमा हस्तक्षेप गर्नु हुँदैन । सञ्चालकले आफ्नो संस्थाको हित विपरीत हुने काम गर्न नहुने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को अनुमति प्राप्त संस्थाको कुनै पनि पदाधिकारी रहन नसक्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

सञ्चालकले आफु सम्बद्ध संस्थाबाट कुनै पनि प्रकारको पेश्की तथा ऋण सुविधा लिन पाउने छैनन् । यसभन्दा अघि कुनै सञ्चालकले यस्तो सुविधा लिएको भए सो रकम २०७८ बैशाख मसान्तससम्ममा फर्स्यौट गरिसक्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । सञ्चालक समिति हेरफेर भएमा समेत सात दिन भित्र जानकारी गराउनु पर्नेछ।

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको प्रमूख कार्यकारीले छोडेको वा करार सकिएको अवस्थामा सात दिन भित्र राष्ट्र बैंकलाइ जनकारी गराउनु पर्ने भएको छ । कार्यकारी प्रमूख रिक्त भएको तीन महिना भित्र नियुक्त गरिसक्नु पर्नेछ भने कार्यकारी प्रमूख लगायतार ७ दिन बिदा बस्ने वा देश बाहिर जाने भएमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने निर्देशनमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

Loading...