एलजीले ल्यायो ४८ इन्चको गेमिङ टीभी

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

एलजीले ल्यायो ४८ इन्चको गेमिङ टीभी
Classic Tech

दक्षिण कोरियाली कम्पनी एलजीले भारतमा ४८ इन्चको नयाँ ओएलईडी टीभी सार्वजनिक गरेको छ।

यो टीभी फोरके प्रविधिमा आधारित रहेको र विशेषगरी गेमिङ तथा चलचित्र पारखीहरुका लागि ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो टीभीमा एनभिडिया जी सिंक सफ्टवयर प्रयोग गरिएको छ। यसबाट प्रयोगकर्ताले गेमिङ अनुभव अझ माझिने उसको दावी छ।

फिचर तथा स्पेसिफिकेसन

यो टीभीको स्क्रीन साइज ४८ इन्चको रहेको छ भने यसले फोरके रेजोल्युशन सपोर्ट गर्दछ। यस टीभीमा डल्बी भिजन आईक्यू तथा एटम्स अप्टिमाइज्ड डल्बी भिजन दिइएको छ।

यसबाहेक यो टीभीले गुगल असिस्टेन्ट, एलेक्सा, एप्पल एअरप्ले २ तथा होमकिट पनि सपोर्ट गर्छ। यसमा ब्लुटूथ हेडसेट वा साउण्डबार वायरलेस पनि कनेक्ट गर्न सकिनेछ।

यो टीभीमा अल्फा ९ जेनेरेशन ३ प्रोसेसर पनि दिइएको छ। कम्पनीका अनुसार यसमा एआई साउण्ड इफेक्ट रहेको छ भने उच्च फ्रेम रेट, भेरियबल रिफ्रेश रेट, अटो लो ल्याटेन्सी मोड, इएआरसी, अल मिटिङ एचडीएमआई २.१ जस्ता अत्याधुनिक गेमिङ फिचर दिइएको छ।

TK Viber

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

Loading...