सोमबार हजाराैं प्रयोगकर्ता समस्यामा पर्नेगरी कसरी भयो ट्विटर डाउन?

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

सोमबार हजाराैं प्रयोगकर्ता समस्यामा पर्नेगरी कसरी भयो ट्विटर डाउन?
Classic Tech

माइक्रोब्लगिङ साइट ट्विटर सोमबार विश्वका थुप्रै देशमा केही समयका लागि बन्द भयो। यसबाट विशेष गरी एन्ड्रोइड तथा आईओएसका प्रयोगकर्ताहरु बढी प्रभावित भए।

यस्ता साइटहरुको आउटेज अनुगमन गर्ने साइट डाउनडिटेक्टर डटकमका अनुसार विश्वभरका हज्जारो प्रयोगकर्ताले हिजो ट्विटर चलाउन पाएनन्।

डाउनडिटेक्टरमा अनुसार विश्वभरबाट लगभग १८ हजार प्रयोगकर्ताले ट्विटर डाउन भएको जानकारी दिएका थिए भने कतिपयले भने ह्याशट्याऊ #Twitterdown लेखेर पनि समस्या बारेमा गुनासो गरेका थिए।

बिहान साढे १० बजे आएको थियो समस्या

डाउनडिटेक्टरको तथ्याङ्क अनुसार बिहानको करिब साढे १० बजे ट्विटर डाउन भएको थियो। यसबाट विशेषगरी अमेरिका बेलायत चीनलगायत विश्वका थुप्रै देशका प्रयोगकर्ताहरुमा परेको थियो।

ट्विटरको एन्ड्रोइड र आईओएस एप तथा वेबसाइट पनि डाउन भएको थियो।

डेस्कटपमा पनि लगइनमा समस्या

डाउनडिटेक्टरले प्रयोगकर्ताका गुनासाहरुको पोस्टका माध्यमबाट तयार पारेको रिपोर्टमा ४६ प्रतिशत प्रयोगकर्ताले साइटमा लग इन गर्न नसकेको र उनीहरले ट्विटर साइट डेस्कटप कम्प्युटरमार्फत लग इन गर्न खोज्दा समस्या आएको पत्ता लगाएको थियो।

बाँकी ४४ प्रतिशतले भने आईफोनमार्फत् ट्विटर लगइन गर्दा समस्या आएको बताएका थिए।

TK Viber

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

Loading...