शाओमीको एमआई ११ प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

शाओमीको एमआई ११ प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट
Classic Tech

शाओमीले हिजो अर्थात् मार्च २९ तारिखमा सार्वजनिक गरेका थुप्रै डिभाइसहरुमा एमआई ११ प्रो पनि एक हो। सार्वजनिक गर्ने क्रममा कम्पनीका कार्यकारी लेइ जुनले यस स्मार्टफोनलाई किङ अफ एन्ड्रोइडको संज्ञा दिँदै यसमा केही उच्चकोटीका विशेषताहरु रहेको दावी पनि गरे।

यसमा ६.८१ इन्चको कर्भ्ड क्यूएचडी रेजोल्युशनयुक्त १२० हर्ज रिफ्रेश रेट भएको एमोलेड डिस्प्ले दिइएको छ भने डल्बी भिजनको फिचर पनि समावेश गरिएको छ। यसबाहेक यसमा डुअल स्टेरियो स्पीकर तथा सेल्फीका लागि २० मेगापिक्सेलको पन्चहोल क्यामरा राखिएको छ।

यसमा सामसङको ५० मेगापिक्सेलको जीएन२ क्यामरा सेन्सर दिइएको छ भने मुख्य क्यामराले नै ८के भिडियो खिच्नसक्ने कम्पनीले जनाएको छ।

एमआई ११ प्रोमा स्न्यापड्रागन ८८८ चिपसेट दिइएको छ भने यसलाई पावर दिनका लागि शक्तिशाली ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ। यो ब्याट्रीमा इलेक्ट्रिक कारमा प्रयोग हुने प्रविधि अपनाइएको र ६७-६७ वाटको वायर्ड र वायरलेस चार्जिङ सपोर्ट गर्ने जनाइको छ। यसलाई वायरलेस वा तार जोडेर चार्ज गर्दा बढीमा ३६ मिनेटमा फुल चार्ज हुने कम्पनीको दावी छ।

एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोन आईपी६८ सर्टिफाइड भएकोले पानी नछिर्ने साथै रिमोट कन्ट्रोल लगायतका सुविधाका लागि आईआर ब्लास्टरसहित आएको छ।

यो ८ जीबी र्याम र १२८ जीबी स्टोरेज, यो ८ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा यो १२ जीबी र्याम र २५६ जीबी स्टोरेज गरी तीन भेरियन्टमा उपलब्ध छ। मूल्यका हिसाबले यो ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको ७६२ डलर, ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको ८०७ डलर तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ८६८ डलर तोकिएको छ।

TK Viber

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

Loading...