आईफोनको फोटो ल्यापटपमा देखिएन् ? त्यसोभए एचईआईसी फोटोलाई यसरी जेपेगमा परिवर्तन गर्नुस्

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

आईफोनको फोटो ल्यापटपमा देखिएन् ? त्यसोभए एचईआईसी फोटोलाई यसरी जेपेगमा परिवर्तन गर्नुस्
Classic Tech

एप्पलले आईओएस ११ का साथ फोटो र भिडियोहरूको लागि जेपेग (JPEG) बाट एचईआईसी HEIC (High-Efficiency Image Format) मा पूर्वनिर्धारित क्यामरा फर्म्याटमा परिवर्तन गर्‍यो, जसले गर्दा आईफोनबाट खिचिएका फोटोहरुका लागि कम ठाउँ प्रयोग गर्दछ। यो निकै पुरानो परिवर्तन हो तर यस परिवर्तन पछि जब तपाईं आफ्नो ल्यापटपमा आफ्नो आईफोनबाट फोटो र भिडियोहरू कपी गर्नुहुन्छ, तिनीहरू खुल्दैनन् । यसको एउटै कारण भनेको आईफोनको एचइआईसी फर्म्याट हो।

एचईआईसीले आईफोनमा जेपेक भन्दा कम ठाउँ लिएर नै एक गुणस्तरको तस्वीर प्रदान गर्न सक्छ, तर तिनीहरू ल्यापटप र कम्प्युटरहरूमा खुला नहुनाले तपाईंलाई पिरोल्न सक्छ।

यसका साथै एप्पलले पनि तपाईंलाई क्यामरा एपमा पूर्वनिर्धारित सेटिंग्स परिवर्तन गर्न अनुमति दिँदैन। त्यसो भए तपाईंले सेटिङ्गहरूमा गएर फर्म्याट परिवर्तन गर्न सक्नुहुनेछ ।

कसरी ? हामी तपाईंलाई यस लेखमा यस प्रश्नको उत्तर दिनेछौं। यो लेखको माध्यम बाट, हामी कसरी एचईआईसी फर्म्याटको तस्वीरहरु जेपेकमा रूपान्तरण गर्न सकिन्छ भनेर बताउनेछौं।

– सबैभन्दा पहिले आफ्नो आईफोनको सेटिंग्समा जानुहोस्।

– अब क्यामरामा ट्याप गर्नुहोस्। यहाँ तपाईंले फर्म्याट, ग्रिड, प्रिजर्भ सेटिंग्स र क्यामरा मोड विकल्पहरू देख्न सक्नुहुन्छ।

– तपाईंले फर्म्याटमा क्लिक गर्नुपर्नेछ।

– अब यहाँ तपाईँले एचईआईसीलाई मस्ट कम्प्याटिबलमा रूपान्तरण गर्नु पर्छ।

– अब तपाइँका तस्बिरहरू स्वचालित रूपमा एचईआईसीको सट्टा जेपेकमा सेभ हुनेछन्।

– यद्यपि, तपाईंले यो ध्यानमा राख्नु पर्दछ कि तपाईंले खिचेका तस्वीरहरू एचईआईसी फर्म्याटमा नै रहनेछन्, केवल नयाँ तस्विरहरू जेपेकमा सेभ हुनेछन्।

TK Viber

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

Loading...