फेसबुकले एसिया र अमेरिकाबीच दुई वटा सामुद्रिक केबल बिछ्याउने

Technology Khabar १६ चैत्र २०७७, सोमबार

फेसबुकले एसिया र अमेरिकाबीच दुई वटा सामुद्रिक केबल बिछ्याउने

काठमाडौं ।

फेसबुकले एसिया र अमेरिकाबीच कनेक्टिभिटी चुस्त बनाउन दुई वटा सामुद्रिक केबल बिछ्याउने भएको छ।

डब्ड इको र बाइफ्रस्ट नाम गरेका दुई केबलले सिंगापुर र अमेरिकाबीच पहिलो डाइरेक्ट लिंक बनाएर अन्तर प्रशान्त महासागरीय क्षमता ७० प्रतिशतसम्म बढाउने योजना रहेको बुझिएको छ।

फेसबुकका नेटवर्क लगानी निर्देशक केभिन साल्भाडोरी र निको रोएरिकले संयुक्त रुपमा आएको पोस्ट अनुसार यी दुई उप सामुद्रिक केबल जाभा समुद्र हुँदै राखिने पहिलो अन्तर प्रशान्त समुद्री केबल हुने बताइएको छ।

ती केबलहरुले सिंगापुर, इन्डोनेसिया तथा उत्तर अमेरिकालाई जोड्ने तथा अमेरिकी सामाजिक सञ्जालको जायन्ट फेसबुकले गुगलसँग मिलेर सिंगापुरको केप्पल र इन्डोनेसियाको टेलिन र एक्स एल आजियाटाजस्ता स्थानीय साझेदारहरुसँग मिलेर अगाडि बढ्ने बुझिएको छ। टेलिन टेलिकोम इन्डोनेसियाको भगिनी संस्था हो।

‘यी केबलहरुले एशिया प्रशान्त तथा उत्तर अमेरिकामा अत्यावश्यकीय इन्टरनेट क्षमता तथा फोरजी र फाइभजीलाई अगाडि बढाउनका साथै व्यक्तिगत र व्यावसायिक ब्रोडब्याण्ड पहुँच पुर्याउन सहयोग गर्नेछ’, फेसबुकले भनेको छ।

इको गुगल र एक्सएल आजियाटाको साझेदारीमा तथा बाइफ्रस्ट टेलिन र केप्पलको साझेदारीमा बनाइएकझ संस्थाहरु हुन्। फेसबुकले उक्त उप सामुद्रिक केबल परियोजनामा कति रकम लगानी हुनेछ भन्ने चाहिँ खुलाएको छैन।

Sajilo Visa

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार