एप्पल वाच तथा आईफोनले बिरामीको शारीरिक कमजोरी सही रुपमा मापन गर्यो: अध्ययन

Technology Khabar १६ चैत्र २०७७, सोमबार

एप्पल वाच तथा आईफोनले बिरामीको शारीरिक कमजोरी सही रुपमा मापन गर्यो: अध्ययन
Classic Tech

स्ट्यानफोर्ड विश्वविद्यालयले हालै एप्पल वाच तथा आईफोनसम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ।

विश्वविद्यालयले कार्डियोभास्कुलर (मुटुसम्बन्धी रोग) भएका व्यक्तिहरुलाई यी डिभाइसमार्फत् उनीहरुको फङ्शनल मोबिलिटीका बारेमा अध्ययन गरेको थियो।

प्रतिवेदनमा एप्पल वाच र आईफोन दुवैले क्लनिक तथा घर दुवै ठाउँमा ती बिरामीहरुका शारीरिक कमजोरी सही रुपमा मापन गरेका बताइएको छ।

एप्पलले आर्थिक सहयोग गरेको उक्त अध्ययन ११० जना विशिष्ट बिरामीहरुमा गरिएको थियो। ती ११० जना बिरामीमध्ये सबैसँग आईफोन ७ वा एप्पल वाच सिरिज ३ थियो। पहिलोपटक माइहेल्दीएप्पल नामक वेबसाइटमा सार्वजनिक  भएको ती बिरामीहरुको गतिविधिको मापन भास्कट्र्याक नामक अध्ययन एप तथा एक्टिभिटी डाटामा स्टेर भएको डाटा मार्फत गरिएको थियो।

अध्ययनमा ६ मिनेटको हिँडाइको परीक्षण (६एमडब्ल्यूटी)बाट आएको अंकलाई आधार मानिएको थियो। यी डाटा वाचओएस७ मा जोडेर यसलाई ‘बिरामीको फङ्शनल मोबिलिटी मूल्यांकन गर्न प्रयोग गरिएको स्वर्ण मानक’ का रुपमा व्याख्या गरिएको थियो।

६एमडब्ल्यूटी स्वास्थ्यक्षेत्रमा बिरामीहरुका शारीरिक कमजोरीका बारेमा थाहा पाउन गरिने चर्चित विधि हो।

एप्पलका अनुसार यसमार्फत परीक्षण गर्दा जति धेरै अंक आयो त्यति नै मुटु, श्वासप्रश्वास, रक्तसञ्चार तथा स्नायू-मांशपेशीहरु स्वस्थ रहेको बुझ्नुपर्छ।

TK Viber

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

Loading...