एमआई ब्याण्ड ६ सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar १६ चैत्र २०७७, सोमबार

एमआई ब्याण्ड ६ सार्वजनिक, यस्ता छन् विशेषता
Classic Tech

चिनियाँ स्मार्टफोन तथा डिभाइस कम्पनी शाओमीको स्मार्टब्याण्ड एमआई ब्याण्डको नयाँ भर्जन मार्च २९ अर्थात् आज सार्वजनिक भएको छ।

कम्पनीले दुई दिनअघि आज सार्वजनिक हुने एमआई ब्याण्ड ६ को पोस्टर रिलिज गरेको थियो जसअनुसार उक्त ब्याण्ड फुल स्क्रीनमा उपलब्ध हुने बुझिएको छ। यसको डिस्प्ले रेन्ज अर्ध गोलाकार रहने तथा डिस्प्ले र फ्रेमको बीचमा थोरैमात्र खाली ठाउँ रहनेछ।

शाओमी ग्रुपको मोबाइल फोन विभागका उप प्रमुख झेङ सुइझोङले गएको शनिबार एम आई ब्याण्डको हालसम्मको तथ्याङक सार्वजनिक गरेका थिए। उनका अनुसार हालसम्म करिब १२ करोड थान शाओमी ब्याण्ड बिक्री भइसकेको छ।

यसबाहेक उनले शाओमी स्मार्ट ब्याण्डलाई राष्ट्रिय ब्याण्डको संज्ञा दिएका थिए। उनले ‘राष्ट्रिय’ भन्नुको मतलब चिनियाँ भन्ने बुझिन्छ। यसको साथै स्मार्ट ब्रासलेटको दुनियाँमा एमआई ब्याण्ड ६ लाई ‘ग्राजुएशन मोडल’ भन्न सकिने कम्पनीको दावी छ।

TK Viber

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

Loading...