सामसङ ग्यालेक्सी एम१२ बजारमा, के के छन् फिचर?

Technology Khabar १६ चैत्र २०७७, सोमबार

सामसङ ग्यालेक्सी एम१२ बजारमा, के के छन् फिचर?
Classic Tech

सामसङ मोबाइल नेपालले हालैसामसङ ग्यालेक्सी एम१२ सार्वजनिक गरेको छ।

हालै बजारमा आएको सामसङ एम१२ मा ८एनएम एक्जिनोस प्रोसेसर, आईएसओल प्लस प्रविधि, ९० हर्ज रिफ्रेश रेट तथा ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेट अप साथै ६००० एमएएचको ब्याट्री रहेको कम्पनीले जनाएको छ।

“ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ मूल्यमा, नवीनतम उत्पादन प्रदान गर्ने प्रतिबद्धता अनुरुप हामीले हालै एम सिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं । ग्यालेक्सी एम१२ को डिजाइन आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नकै लागि गरिएको हो । यसमा उच्चस्तरीय ६००० एमएएच ब्याट्री तथा ८एनएम एक्जिनीस प्रोसेसर को साथ रहेको छ जसले गर्दा ब्याट्रीको आयु अझै लामो रहने छ । हामी निश्चय गर्न सक्छौं कि ग्यालेक्सी एम१२ का४८ मेगापिक्सेलको क्यामरा तथा ९०हर्ज डिस्प्ले, जस्तो सुविधाहरुले यो मूल्यमा प्राप्त हुने मोबाइल फोनमा अद्वितीय छाप स्थापित गर्ने छ”, सामसङ मोबाइल नेपालका बिजनेश हेड प्रणय रत्न स्थापितले बताए।

स्पेशिफिकेशन

ब्याट्री
१५ वाटको फास्ट चार्जरसहितको ६००० एमएएच

डिस्प्ले

यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्ले दिइएको छ।

क्यामरा

ग्यालेक्सी एम१२ मा ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेट अप दिइएको छ। मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुनुका साथै ५ मेगापिक्सेलको अल्ट्रावाइड तथा २-२ मेगापिक्सेल डेप्थ र म्याक्रो लेन्स दिइएको छ।

सेल्फीका लागि ८ मेगापिक्सेलको एचडी क्यामरा उपलब्ध छ।

सामसङ ग्यालेक्सी एम१२ मा फिङ्गरप्रिन्ट सेन्सर साइडमा राखिएको छ भने एन्ड्रोइड ११ अपरेटिङ सिस्टम दिइएकको छ।

मूल्य
सामसङ ग्यालेक्सी एम१२ विभिन्न तीन रंगहरु कालो, नीलो तथा सेतो रंगमा उपलब्ध रहेको छ । यस फोनको मूल्य ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको १८,४९९ तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको २२,४९९ रुपैयाँ तोकिएको छ ।

 

 

 

TK Viber

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

Loading...