कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने

Technology Khabar १६ चैत्र २०७७, सोमबार

कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ ।

नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले यहि चैत १३ गते शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको छ।

कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता एकजना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरिन् ।

कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।

त्यसैगरि प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ ।

कम्पनीले आगामी २०७७ बैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ ।
सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ।

यस योजनामा प्रत्येक साता सहभागीहरुलाई गोलाप्रथाद्धारा छनौट गरि कुलप्याडको आधिकारीक फेसबुक पेजबाट घोषणा गरिनेछ।

लखपति योजनाले कुलप्याडको ग्राहकहरुलाई नयाँ वर्षमा नयाँ उपहार दिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए।

“हाम्रा ग्राहकहरुले छोटो अवधिमा नै कुलप्याड ब्राण्डलाई मनपराउनुभएको छ । त्यसैले नयाँ वर्षको अवसर पारेर हाम्रा ग्राहकहरुलाई सम्मानस्वरुप लखपति योजना ल्याएका हौं । कुलप्याडका फोनहरु किनेर नयाँ वर्षमा लखपति हुने अवसरको लाभ उठाउन ग्राहकहरुलाई अनुरोध गर्दछौं,’ जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले भने ।

यो योजना आइतवारदेखि नेपालभर लागू भएको छ ।

यसका साथै कम्पनीले लखपति योजनाको अवसर पारेर आफ्नो नयाँ मोडल कुल १० पनि सार्वजनिक गरेको छ । कम्पनीले कुल १० सूपथ मूल्यमा उत्कृष्ट फोन चाहने ग्राहकहरुलाई लक्षित गरेर सार्वजनिक गरेको हो। कुल १० स्मार्टफोन नेपालभर उपलब्ध रहेको जनाएको छ।

easy care

प्रकाशित: १६ चैत्र २०७७, सोमबार