ह्वावेको इलेक्ट्रिक कारको बजार मूल्य ४५ हजार डलर पर्ने

Technology Khabar १५ चैत्र २०७७, आईतवार

ह्वावेको इलेक्ट्रिक कारको बजार मूल्य ४५ हजार डलर पर्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल निर्माण परियोजनामा काम गरिरहेको छ । यो इलेक्ट्रिक कारको मूल्य ४५ हजार डलरसम्म पर्ने चिनियाँ स्रोतलाई उदृत गर्दै रिपोर्टहरु आएका छन् ।

ह्वावे कम्पनीको यो पहिलो कार पूर्णरुपमा विद्युतीय हुने बताइएको छ । यसअघि ह्वावे आफैंले कार उत्पादन नगर्ने बताएका कारण यो कार कम्पनीको कार उत्पादक साझेदार कम्पनीले बनाउने सम्भावना देखिएको छ ।

हालै मात्र  कम्पनीले आफ्नो ह्वावे मोबाइल सर्भिस (एचएमएस) लाई चीनमा बिक्री हुने मर्सडिज बेन्ज एस क्लास सेडानमा समेत उपलब्ध हुने घोषणा गरेको थियो ।

विद्युतीय सवारीको कुरा गर्दा ह्वावे अटोमेटिक भेहिकल लगायत आधुनिक प्रविधिमा केन्द्रित छ । यसअघि ह्वावेले अटोमोबाइल उद्योगमा हार्डवेयर तथा सफ्टवेयर सोल्युसन आपूर्तिकर्ताको रुपमा काम समेत गरिसकेको छ ।

चिप उत्पादन गर्न नपाउँदा अहिले ह्वावेको स्मार्टफोन व्यवसाय अन्योलमा रहेको छ भने कम्पनीले नयाँ क्षेत्रहरुमा आफ्नो संभावना खोजिरहेको छ ।

easy care

प्रकाशित: १५ चैत्र २०७७, आईतवार