नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

Technology Khabar १४ चैत्र २०७७, शनिबार

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

काठमाडौं ।

नेपालको भर्चुअल रेडियोलोजिस्ट टिमले बनाएको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनल चरणमा पुगेको छ।

सहभागी १६३ देशहरु मध्ये पिकोस्याट माइक्रोसफ्ट इम्याजिन कपको टप १२ को सूचीमा पर्न सफल भएको हो। टप १२ टिमहरु विश्वव्यापी फाइनलको दोस्रो राउण्डमा जाने भएका छन् ।

नेपाली टीमले बनाएको यो प्रोजेक्ट वातावरण स्याटेलाइटको सानो संस्करण हो । यसले वातावरणको बारेमा जानकारी दिने गर्दछ।

यसबाट वातावरणको प्रेसर, तापक्रम, ह्युमिडिटी र प्रदूषण स्तर मापन गर्न सकिन्छ । यसले वर्तमान समय र विगत २४ घण्टाको रेकर्ड दिन सक्ने बताईएको छ ।

यो प्रोजेक्टलाई अवान श्रेष्ठ, संश्रृत पौडेल, आशिष अधिकारी र सबिल श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

माइक्रोसफ्ट इम्याजिन कपको विजेताले दश लाख रुपैयाँ, एजुर क्रेडिट र वर्ल्ड च्याम्पियनसिपमा चार स्थान पाउनेछ।

easy care

प्रकाशित: १४ चैत्र २०७७, शनिबार