आईफोन १२ प्रो म्याक्स सन् २०२१ कै सबैभन्दा उत्कृष्ट स्मार्टफोन

Technology Khabar १४ चैत्र २०७७, शनिबार

आईफोन १२ प्रो म्याक्स सन् २०२१ कै सबैभन्दा उत्कृष्ट स्मार्टफोन

काठमाडौं ।

एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १२ प्रो म्याक्स २०२१ मा सार्वजनिक भएका स्मार्टफोनहरु मध्ये उत्कृष्ट स्मार्टफोनको पहिलो स्थानमा परेको छ।

हालै कन्ज्यूमर रिपोर्टले सार्वजनिक गरेको फोनहरुको सूचीअनुसार आईफोन १२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट आईफोन हुनुको साथै शीर्ष मूल्यांकन गरिएको आईफोन मोडल पनि हो।

आईफोन १२ सिरिजको यो नयाँ मोडलमा ६.७ इन्चको डिस्प्ले रहेको छ। यसमा भएको ए १४ बायोनिक चिपसेट, ओएलइडी डिस्प्ले, फाइभजी नेटवर्क र अपग्रेड क्यामराका साथै लामो समयसम्ट टिक्ने ब्याट्री फिचरका कारणले उत्कृष्ट फोनको सूचीमा पहिलो स्थान हात पारेको हो ।

यो हालसम्मकै ठूलो आइफोन हो र यसको ब्याट्री पावर लामो समयसम्म टिक्छ। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने रिर्पोटको भनाइ छ। यसमा रहेको टेलिफोटो लेन्सले फोटो पाँच गुना नजिक जुम गर्न सकिन्छ।

तर यसलाई केहि प्रयोगकर्ताहरुले भने निकै भारी भएको र एक हातले प्रयोग गर्न कठिन हुने किसिमको भएको बताएका छन् ।

बजारमा आईफोन १२ प्रो म्याक्सको मूल्य १ लाख ७० हजार रुपैयाँबाट शुरु हुन्छ भने अन्तराष्ट्रिय बजारमा आईफोन १२ प्रोभन्दा एक सय अमेरिकी डलर महँगो छ।

आईफोन बाहेक कन्ज्यूमर रिपोर्टले सर्वश्रेष्ठ एन्ड्रोइडको सूचीमा सामसङ ग्यालेक्सी नोट २० फाइभजी लाई राखेको छ । यसलाई उत्कृष्ट डिस्प्ले, जूम क्यामरा र ससक्त ब्याट्री प्याकका साथमा आउने कारणले राम्रो मानिएको छ । रिपोर्टमा ग्यालेक्सी एस २१ सिरिजले पनि राम्रो रेस्पोन्स पाएको छ ।

त्यसैगरि  बजेट स्मार्टफोनको सूचीमा वानप्लस नर्ड एन १० फाइभजी समावेश भएको छ ।

यस फोनको प्रदर्शनले उत्कृष्ट रेटिङ्ग प्राप्त गरेको छ। उपभोक्ता रिपोर्ट परीक्षणमा, फोन ब्याट्री ४१.५ घण्टासम्म चलेको थियो । अर्कोतर्फ, फाइभजी कनेक्सनको साथ यो उत्तम विकल्प भएको बताईएको छ ।

easy care

प्रकाशित: १४ चैत्र २०७७, शनिबार