एसएमएस चेकिङ फिल्टर रिएक्टिभेट गर्न भारतीय टेलिकमहरुलाई आदेश

Technology Khabar १४ चैत्र २०७७, शनिबार

एसएमएस चेकिङ फिल्टर रिएक्टिभेट गर्न भारतीय टेलिकमहरुलाई आदेश

काठमाडौं ।

भारतमा त्यहाँको दूरसञ्चार नियामक निकाय ट्राइले युजरहरुलाई नक्कली एसएमएसबाट बचाउने हेतुले टेलिकम अपरेटरहरुलाई एसएमएस चेकिङ फिल्टर रिएक्टिभेट गर्न आदेश दिएको छ।

पछिल्लो पटक मोबाइल प्रयोगकर्ताले यसप्रकारको कठिनाइ भोगिसकेका छन्। यो कठिनाइ एक पटक फेरि दोहोरिन सक्ने परिस्थिति सिर्जना भएको छ।

एसएमएसमा स्क्रबिङ पोलिसी लागू हुनाले कठिनाइ

एसएमएसमा स्क्रबिङ पोलिसी लागू भएका कारण यो महिनाको सुरुवातमा मोबाइल कारोबारमा समस्या आएको थियो। यसबाट ई-कमर्स कम्पनीहरु तथा बैंकहरुले आफ्ना ग्राहकहरुलाई ओटीपी पठाउन सकेका थिएनन्। त्यसबाहेक ठूलो मात्रामा कारोबार हुनमा समस्या आएको थियो।

यो नीतिमा कसैलाई ओटीपी पठाउनुअघि भेरिफिकेशन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यसैकारण भेरिफाइ नभएका एसएमएसहरु पठाउनमा समस्या भएको थियो।

ओटीपी नपाएपछि रकम ट्रान्सफरमा समस्या

यो नीति लागू भएपछि धेरै मात्रामा ओटीपी युजरलाई पठाउन नसकिएकाले बैंकहरुमा गुनासो बढ्यो। रकम ट्रान्सफर गर्नै पर्ने ग्राहकले ओटीपी नपाउँदा उनीहरे समस्या ब्यहोर्नुपर्यो।

बैंकका अधिकारीहरुले यो नीति ठिक तरिकाले लागू नभएकाले समस्या आएको बताए। उता ट्राइले भने इन्टरनेट ठगीबाट बचाउनका लागि यो नीति ल्याएको बताएको छ।

Global Bank
easy care

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

ताजा समाचार