भारतीय ब्याटल रोयल गेम ‘फौजी’ अब एप्पल एप स्टोरमा पनि उपलब्ध

Technology Khabar १४ चैत्र २०७७, शनिबार

भारतीय ब्याटल रोयल गेम ‘फौजी’ अब एप्पल एप स्टोरमा पनि उपलब्ध
Global IME Bank

काठमाडौं ।

भारतीय ब्याटल रोयल गेम फौजी (एफएयू-जी) गेम अब एप्पल एप स्टोरमा पनि उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले यो गेम अब आईफोन, आईप्याड र आईपड टच डाउनलोड गर्न सक्षम हुनेछन्।

फौजी खेल जनवरीमा एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि लन्च गरिएको थियो। त्यसबेला नै गेमको विकासकर्ता कम्पनीले यसलाई चाँडै आईओएस प्रयोगकर्ताहरूको लागि ल्याउने कुरा बताएको थियो। फौजी गेम भारतको एनकोर गेम्सले बलिउड अभिनेता अक्षय कुमारको सहयोगमा उत्पादन गरेको हो।

फौजी मोबाइलको लागि पहिलो भारतीय  फर्स्ट-पर्सन शूटर गेम हो। यो गेम बेगंलुरुमा आधारित कम्पनी एनकोर गेम्सद्वारा बनाइएको हो। रिपोर्टका अनुसार, ब्याटल रोयल मोड लन्चिङ्गको समयमा खेलमा उपलब्ध भएको थिएन र दुबै ब्याटल रोयल र मल्टिप्लेयर मोडहरू पछि थप गरिएका थिए ।

Sajilo Visa

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार