ह्याकरको निशानाबाट अब मोबाइल फोन पनि असुरक्षित

Technology Khabar १४ चैत्र २०७७, शनिबार

ह्याकरको निशानाबाट अब मोबाइल फोन पनि असुरक्षित
Classic Tech

तपाईँ हामीले चलाउने मोबाइल फोनमा हामी सुरक्षाका लागि विभिन पासवर्ड, प्याटर्न लक आदि राख्छाैं। यसबाट हामी हाम्रा साथीसँगी तथा अन्य व्यक्तिले आफ्नो फोन चलाउनबाट जोगिन सक्छाैं।

तर हामीले हाम्रा मोबाइल फोन नजिकका र चिनेजानेका व्यक्तिहरुबाट मात्र जोगाएर नपुग्ने भएको छ।

इन्टरनेट बैंकिङ तथा वेबसाइट ह्याक गरेको घटनाका बारेमा सुन्दै आएका हामीहरु हाम्रा फोन पनि हामीले थाहा नपाइ ह्याक हुन्छ भन्ने कुरा झट्ट नपत्याउन पनि सक्छाैं।

तर ह्याकरहरुले हाम्रो फोन हातमा नलिइकन नै नियन्त्रणमा लिएर विभिन्न विवरण हरु चोरी गर्न सक्छन्।

अहिले ह्याकरहरुले कुनै नम्बरमा आएको मेसेज रिडाइरेक्ट गरेर आफ्नोमा पठाउने तरिका अपनाएको पाएइको छ। यसरी रिडाइरेक्ट भएका मेसेजहरु ई-कमर्स लगायत विभिन्न एकाउन्टको भएमा र लग इनका लागि आउने ओटीपीहरु ह्याकरको हात लागेमा प्रयोगकर्ताहरुले ठूलो नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।

अमेरिकामा पत्रकारको मोबाइल नम्बर ह्याक भयो

अमेरिकामा भएको एउटा घटनामा मदरबोर्ड नामक सञ्चार संस्थाका रिपोर्टर जोसेफ कक्सको मोबाइल नम्बरमा ह्याकरहरुले हमला गरे। उनीहरुले कक्सको मोबाइलमा आएको मेसेज सजिलैसँग आफ्नो नम्बरमा रिडाइरेक्ट हुने बनाए।

कक्सलाई आफ्नो फोन ह्याक भएको थाहा थिएन। तर उनको फोनमा एसएसएस आउन भने छोडेको थियो।

ह्याकरले १६ डलर तिरेर पाइने सेवामार्फत् अरुका एसएमएससम्म पुगे

उक्त हमलामा ह्याकरहरु जम्मा १६ डलर तिरेर यस्तो सेवाको पहुँच पाएका थिए। यो शुल्क प्राय यहाँका दूरसञ्चार सेवा प्रदायकहरुले युजरहरुलाइ व्यवसायको भुक्तानी गर्नका लागि एसएमएस रिडाइरेक्ट सेवा उपलब्ध गराउँछन्।

यसैको फाइदा उठाउँदै ह्याकरहरुले पत्रकारकै फोन नम्बरमा आउने एसएमएस आफ्नोमा रिडाइरेक्ट हुने बनाउन सफल भएका थिए।

कक्सको मामलामा सेवा प्रदायकले समस्या समाधान गरिसकेको दावी गर्यो। यस प्रकारका हमलाका बारेमा सेवा प्रदायक संस्थाका केही कर्मचारीलाई थाहा भए पनि उनीहरुले अमेरिकामा वायरलेस उद्योगका लागिखोलिएको व्यापार संगठन सीटीआईएलाई दोष दिने गरेका छन्।

अमेरिकाजस्तो प्रविधिसम्पन्न देशमा पत्रकारकै फोन नम्बर ह्याक गरेर अनधिकृत काम गर्ने तथा रकमसम्म माग्ने काम गरिन्छ भने नेपालमा अधिकांश व्यक्तिहरुसँग फोनको पहुँच भएको तर यस्ता हमलाहरुका बारेमा थाहा नभएका कारण पनि ह्याकरहरुले निशाना नबनाउलान् भन्न सकिन्न।

हिजोआज अनलाइन सपिङ तथा मोबाइलमार्फत् बैंकिङ  कारोबार गर्ने प्रचलन बढेको तर मोबाइल नम्बर पनि ह्याक हुन सक्छ भन्ने बारेमा जानकारी नभएका कारण यो हाम्रा लागि पनि समस्याको सूचक भएको र यसबारे चेतना फैलाउनु पर्ने देखिन्छ।

TK Viber

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

Loading...