Technology Khabar १३ चैत्र २०७७, शुक्रबार
विश्वभर विद्युतीय सवारीहरूको माग द्रुत गतिमा बढिरहेको छ। यससँगै, धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कारहरू निर्माण गर्दैछन्।
कार निर्माणकर्ता बाहेक अब केहि टेक कम्पनीहरूले पनि यसमा आफ्नो सिपलाई प्रयोग गर्दैछन्। पछिल्लो जानकारीकाअनुसार चीनको लोकप्रिय स्मार्टफोन कम्पनी शाओमीले विद्युतीय सवारी पनि बनाउने छ।
मिडिया रिपोर्टकाअनुसार शाओमीले इलेक्ट्रिक गाडीहरू बनाउन चिनियाँ अटोमेकर ग्रेट वालसँग हात मिलाएको छ। कम्पनीले यसको इलेक्ट्रिक भेहिकल ग्रेट वालको प्लान्टमा बनाउनेछ। दुबै कम्पनीहरुले अर्को हप्ता सम्म यो घोषणा गर्न सक्दछन्।
ग्रेट वालले यो भन्दा पहिले कुनै अन्य कम्पनीहरुको साथमा सवारी साधनहरू निर्माण गरेको थिएन। कम्पनीले शाओमीको यस परियोजनालाई अगाडि बढाउन ईन्जिनियरिङ्गमा सहयोग पुर्याउनेछ।
शाओमीले आफ्नो इलेक्ट्रिक भेहिकलको विश्व बजारमा ल्याउन लागिरहेको छ। यद्यपि यी सवारी साधनहरू बजारमा कहिले प्रवेश गर्नेछन् भन्ने खुलासा गरिएको छैन्। एजेन्सी
प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार